शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक : चिनियाँ राजदूत

पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक : चिनियाँ राजदूत

लगानी मैत्री वातावरण बनाएका छौं : मेयर जिसी


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७६, मंगलबार

पोखरा, ३ मंसिर- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको बताएकी छन् । नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा आउने विश्वास उनले भेटका क्रममा व्यक्त गरिन् । उनले चिनिया पर्यटकको सुरक्षा ग्वारेन्टी र आपतकालीन सहयोग सहायता कक्ष निर्माण गर्न समेत सुझाव दिएका छन् ।

उनले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरवको आयोजना भएकाले यसलाई चाडै सम्पन्न गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने भनाइ उनको छ । ‘ चिनियाँ नागरिक गण्डकी प्रदेश र पोखरामा लगानी गर्न इन्छुक छन्,’ उनले भनिन्,‘ लगानीको वातावरण बनाउन म, आग्रह गर्दछु ।’ पोखरामा तब्बतियन नागरिक भएकाले एक चीन नीतिमा सहयोग गर्न समेत उनले आग्रह गरेकी छन् । पोखरा विश्वविद्यालय र चिनका विश्वविद्यालय बीचमा सम्बन्ध विस्तार गर्न आफूहरु उत्साहित भएको उनको भनाइ छ । उनले भेटका क्रममा स्थानीय जनप्रतिनिधिलाई चिन भ्रमणको निमन्त्रणा समेत गरेकी छन् ।

भेटका क्रममा पोखरा महानगरपालिकाका मेयर जिसीले चिन सरकारको लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले चिनिया कम्पनीलाई सहयोग गरिरहेको र भविश्वमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल बेजिङ हवाइ सेवा सुरु भएकाले नेपालसँगै पोखरा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास जिसीको छ ।

राजदूतले चाँसो व्यक्त गरेको तिब्बतियन शरणार्थी बारेमा मेयर जिसीले पोखरामा तिब्बतियन शरणार्थी भएपनि चिन विरोध गतिविधि हुन नदिने र त्यसप्रति सजग रहेको जानकरी गराएका थिए । ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले हामीलाई थप हौसल प्रदान गरेको छ,’ मेयर जिसीले भने,‘चिनियाँ भाषाको तालिम प्रदान गरी पोखरामा चिनियाँ पर्यटक मैत्री वातावरण हामीले तयार गरेका छौं।’ भ्रमण वर्षमा धेरै चिनियाँ पर्यटक नेपाल र पोखरा आउने वातावरण बनाइदिन राजदूतलाई मेयर जिसीले आग्रह समेत गरेका छन् ।

पोखराले पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्ने तयारी गरेकाले चिनियाँ भाषाकक्षा सञ्चालन गर्न साझेदारीको लागि मेयर जिसीले राजदूतलाई अनुरोध गरे । ‘पोखरामा लगानी मैत्री वातावरण बनेको छ,’मेयर जिसीले भने,‘लगानीको लागि चिनियाँ नागरिकलाई अनुरोध गर्दछौं र सुरक्षाको पनि ग्वारेन्टी गर्दछौं ।’ चिनियाँ राजदूत ३ दिने पोखरा भ्रमणमा आएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->