बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिपक्षीहरुसंग चुनावी एजेण्डै छैन : बिद्या 

बिपक्षीहरुसंग चुनावी एजेण्डै छैन : बिद्या 


  • Dhorpatan News
  • मंसिर ५ २०७६, बिहिबार

यहि मंसिर १४ गते कास्की क्षेत्र नं २ लगायत मुलुकका अन्य स्थानमा उप निर्वाचन हुन गईरहेको छ । तात्कालिन पर्यटन संस्कृति तथा नागरिक उड्यनमंत्री रबिन्द्र अधिकारीको असामयीक निधन पश्चात रिक्त रहेको, कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधी सभाको उप निर्वाचनमा अहिले १ पदका लागि २१ जनाले उमेद्वारी दिएका छन् । महिलाहरु मात्रै तीन जना उठेका छन् । अहिले सम्मको सबै भन्दा ठूलो दल नेकपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दिगंबत नेता रबिन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराई अधिकारी । बिद्या भट्टराई अधिकारी झट् हेर्दा राजनीतिमा एकाएक उदाएको नाम होईन । कक्षा सात पढ्दैदेखि राजनीतिमा चासो राख्ने र राजनैतिक पारिवारीक पृष्ठभूमिमा जन्मे हुर्केकी हो । बिद्याको बिवाह रानीतिमा उदाउदै गरेका युवा नेता, स्वर्गिय रबिन्द्र अधिकारीसंग बिवाह भयो । तत् पश्चात बिद्याले रबिन्द्रलाई राजनीतिमा सहयोग गर्दै आफुले प्राद्यापन पेशा अंगालिन् । जीवनका बिभिन्न आरोह अवरोहहरु पार गर्दै यात्रा गरिरहेकी बिद्यालाई अचानक अपत्यारिलो घटनाको सामना गर्नु प¥यो । जुन घटना सारा मुलुकलाई नै स्तब्धत पार्ने खालको थियो । तात्कालिन पर्यटन, संस्कृति तथा नागरिक उड्यन मंत्री रबीन्द्र अधिकारीे कार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएर निधन भयो । स्वर्गिय रबीन्द्र अधिकारीले चाल्नुभएको राजनीतिक अभियान, विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिने जिम्मेवारी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यालाई सुम्पेको छ । स्वर्गिय रबीन्द्र अधिकारीको बिजय हुनु भएको स्थान कास्की क्षेत्र नं २ मा नेकपाले बिद्यालाई उमेद्वारको रुपमा उभ्याएको छ । प्रस्तुत छ ढोरपाटनका लागि बिद्या भट्टराई अधिकारीसंग दुर्गा भण्डारीले गर्नु कुराकानीको अंश ।
मंसिर २१ गते उपनिर्वाचन हुदैछ , प्रचारप्रचारमा पनि ब्यस्त हुनुन्छ होला कस्तो देख्नु भाको छ चुनावी माहोल ?
घर दैलो र चुनाव प्रचार प्रसार मै ब्यस्त छौं । बिहान देखि बेलुका सम्म मतदातासंग भोट माग्दा केही मतदाताको रेस्पोन्स राम्रो छ । सहानुभूति मात्र होईन तपाई सक्षम महिला हुनुहुन्छ । राजनीतिमा आउनुहोस भन्ने सुबेच्छा प्रकट गर्नुभएको छ । तन मन धनले सहयोग गर्नुभएको छ । चुनावमा उठे पछि केहि त्यस्ता बाधा ब्यवधान र अप्रिय कुराहरु प्रश्नहरु म माथी नउठ्ने गरेका होईनन् तर मैले त्यो कुरा आम मतदातालाई अझ राम्ररी प्रस्ट्याउने मौका पाएकी छु । परिस्थतीको आंकलन गर्दा सरकारको लोप्रियता, रबीन्द्र जीले छोडेर गएका अधुरा कामहरु सम्हाल्ने अवसर मैले नै पाउने छु । हामीले मनोबैज्ञानिक रुपले जीति सकेका छौं । प्रकृया पुरा गर्न मात्रै बाकी हो ।
नेपालको संबिधान २०७२ ले ब्यवस्था गरेको समावेशी समानुपातिक सिद्धान्तका आधारमा अहिले तपाईहरु जस्ता धेरै महिलाहरु नेतृत्वमा पुगेको अवस्था छ । यहा बिजयी भए पछि महिलाहरुले बर्षौ देखि भोग्दैै आएका बिभेध थिचोमिचो र हिंसा जस्ता समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
संबिधान र कानुनले महिला र पुरुष बिचमा कुनै बिभेद गरेको छैन तर हाम्रो धर्म कानुन् र समाजले महिला माथी बिभेद गरेको देन्छि । यहा महिलाहरुको सशक्तिकरण गर्न जरुरी छ । गाउ, टोल, समाज र घर घरमा महिला सशक्तिकरण हुन जरुरी छ । हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा सबै भन्दा ठूलो समस्या भनेको बेरोजगारी, गरिवी, अशिक्षा हो । महिला तथा युवाहरुलाई रोजगारीका अवसरहरु प्रदान गर्नु पर्ने खालका कार्यक्रमहरु राज्यले अवका दिनमा प्याकेजमा नै ल्याउने छ । कोहि पनि महिला बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएर दुःख पाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । बिदेशमा महिलाहरु माथी हुने हिंसा अन्त्य गर्नका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्छ । युवाहरुलाई आत्म निर्भर बनाउन बिभिन्न क्षेत्रमा बिना झन्झन्ट सस्तो सर्वसुलभ ऋण प्रवाह गर्ने ब्यवस्था गर्नु पर्छ । उत्पादन मुलक काममा जोड दिनु पर्छ । महिला बिभेद, हिंसा कम गर्न सामाजिक सोचको अवधारणा बिकास हुनु पर्छ । नेतृत्वमा महिलाको उपस्थितीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेता रबीन्द्र अधिकारीको दुखःद निधन पश्चात उपनिर्वाचन हुदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि तपाईलाई प्राथमिकतामा राखेर तपाईले सो ठाउमा उमेद्वारी समेत दिनु भएको छ । चुनावको मुखैमा स्वर्गिय रबीन्द्र अधिकारीका बारेमा बिभिन्न आरोपहरु पनि आएका छन् यी आरोपको कसरी प्रतिरक्षा गर्नुहुन्छ ?
स्वर्गिय रबीन्द्र अधिकारी माथी लगाईएका आरोपहरुको मैले प्रतिरक्षा गर्नुपर्ने अवस्था छैन । प्रधानमंत्री स्वंयले खण्डन गर्नु भएको छ । यसमा कुनै सत्यता छैन यो मात्रै आरोप हो । यहा आरोप मात्रै लगाउदा हुन्छ त्यसको पुष्टी गर्नुपर्दैन र ? संसदिय समितिले प्रतिवेदन समेत सार्वजनिक गरेको छ दोषी हो की हैन त्यसैबाट थाहा हुन्छ । वाइडबडीको सम्झौता अलिे भएको हो र ? कस्को पालामा भएको थियो ? त्यो बेला प्रधानमंत्री को थिए ? पर्यटनमंत्री को थिए । सबै अनुसन्धान गरौं न स्वच्छ अनुसन्धानबाट दोषी देखियो भने मात्रै भन्न पाईन्छ । आरोपका लागि आरोप मात्रै हो । रबीन्द्र जीको मुत्यु भए लगत्तै किन यो कुरा बाहिर आएन ? अहिले चुनाव मुखैमा गरिएको नियोजित षडयन्त्र मात्रै हो । प्राहार गर्नका लागि गरिएको हो । आम युवा र महिलाहरुको समस्या के हो भनेर उनिहरका माझ जान नसेर बिपक्षीहरुले ब्यक्तिगत इस्युमा प्रबेश गरेका छन् । अहिले बिपक्षीहरुलाई चुनावमा जान कुनै एजेण्डा छैन । यो कुराको मतदाताले नै प्रतिरक्षा गर्नेछन् ।
तपाई नेता रबीन्द्र अधिकारीको उत्तराधीकारीको हैसियतले उहाले उठाएको समृद्ध नेपालको परिकल्पना, सपनालाई कसरी पुरा गर्नुहुन्छ ?
पोखरालाई बिश्व कै उत्कृष्ट शहर बनाउने रबीन्द्र जीको चाहना थियो । उहा संघिय मन्त्रीको हैसियतले देशका सबै ठाउको बिकास र भिजिट इयर ट्वान्टी ट्वान्टीको तयारीमा जुट्नु भएको थियो । मुलुकका केही स्थानहरुमा अन्तराष्ट्रिस्तरका क्षेत्रिय बिमानस्थलहरुको निर्माण गर्न र पोखराको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निमार्णका लागि धेरै मेहनत गर्नुभयो । ४० बर्ष अघि देखि थाती रहेको मुआव्जाको मुद्धा मिलाउनु भयो । बिकासको एउटा खुट्किलो पार गर्नु भयो । रबीन्द्र जीले आफु पदमा नभए पनि यी कामहरु गर्नु भएको थियो । पछि पर्यटन मंत्रालयको जिम्मेवारी सम्हाले पछि बिमानस्थल बनाउन बिशेष जोड दिनु भयो सोही अनुसार उहा कार्य क्षेत्रमा खट्दा खट्दै तेह्थुमको चुवानडाडामा बिमानस्थल निमार्णका लागि अवलोकन गरेर फर्कदा अकल्पनिय दुर्घटना हुन पुग्यो । पोखरा आसपासका शहरहरुको बिकास गर्ने । पर्यटक बढी भन्दा पर्यटक भित्र्याउनका लागि सडक संजाल जोड्ने, देशको आफ्नै ध्वजाबाहक हवाई जहाज र छिमेकीमुलुक चीनसंग नाका खोल्ने कुरामा तत्परता देखाउनु भयो । चिन र नेपालको सिमाना कोरला नाका खोल्नका लागि सम्भाब्यता अध्यायन गर्ने कामहरु हुदै थिए । उहा जीबितै रहेको भए पोखराको बिकास अझै हुने थियो । रबीन्द्र जीको आकस्मीक रुपमा निधन हुन गयो । उहाले छोडेर गएका समृद्धि र बिकासका सपनाहरुलाई यर्थातमा साकार पार्ने अबिभारा म मा आएको छ । जुन म चुनाव जिते पछि सबै मतदाताको सहयोगमा पुरा गर्नेछु ।
हाम्रो निर्वाचन प्रणाली अहिले खर्चिलो र बिकृतिउन्मुख बन्दै गएको छ । यो कुरा यहाले पनि महसुस गर्नु नै भएको छ । चुनावलाई पारदर्षी र कम खर्चिलो बनाउन यहाको तर्फबाट कस्तो योगदान रहनेछ ?
अहिलेको यो उप निर्वाचनमा हाम्रो तर्फबाट कम खर्च भएको छ । खर्चको बिवरण हामीले चुनाव सम्पन्न भए पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नै छौ । आयोगले तोकेका सिलङिहरु क्रस गर्ने छैनन् । आय ब्यय बिवरणहरु सबै हाम्रो पार्टीले सार्वजनिक गर्नेछ । पहिलो कुरा हरेक ठाउमा आर्थिक अनुसाशन कायम हुन जरुरी छ । उमेद्धवार छनौटको क्रममा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि कास्कीले बैठकबाट मेरो नाम सर्बसम्त निर्णय गरी पठाएको हो । प्रदेश कमिटिमा पनि मलाई पहिलो नम्वरमा पारिएको थियो । टीकट प्राप्तीका लागि चलखेल हुन पाएन । केन्द्रिय कमिटिले मलाई नै सर्बसम्मत निर्णय ग¥यो । पार्टीको चुनाव भएकोले पार्टीबाटै खर्चको सोच गरिएको छ । दोस्रो हामीले बिभिन्न संघसंस्थाहरु र ब्यक्तिलाइृ चुनावको मुखैमा आर्थिक सहयोग गर्ने लगायत काम र मोटरसाईकल ¥याली भएको छैन । केहि पैसा गाडीमा झण्डा बनाउदा र प्रचारप्रसारका सामाग्रीमा भएका छन् । घरदैलोमा हिंड्ने हामी सबै साथीहरुसंगै बसेर सामान्य खाना खान्छौं । यस्ले धेरै खर्च र बिकृति हुदैन । बरु हामीले चुनाव नजिक पैसा बाड्ने खालका कामहरुको निगरानी गर्नुपर्छ । यस्ता कृयाकलापले बिकृति ल्याउछ । मेरा यति भोट छन् यति पैसा चाहिन्छ भनेर ठेकेरादी प्रबृतिको अन्त्य गरिनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->