शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रकम अभावमा पुर्वाधार निमार्ण संघहरुको गुनासो

रकम अभावमा पुर्वाधार निमार्ण संघहरुको गुनासो

केही वजेट दिन्छौँ ः मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संबाददाता
  • मंसिर ६ २०७६, शुक्रबार

पोखरा,६ मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आउन अब १० दिनमात्र बाँकी छ, । पोखरामा ९ खेलको तयारी गरे पनि पुर्वाधारको लागि आवश्यक बजेट भने अझै पनि संघको खातामा पुगेको छैन । पोखरामा हुनु विभिन्न खेलमा रकम नआउँदा उधारो रपमा काम गर्न बाध्य छन संघका पदाधिकारी । पोखरा रंगशालाको अनुगमनमा युवा तथा खेलकुद मन्त्री , राष्ट्रिय खेलकुद परिषद्( राखेप) सदस्य सचिव रमेश शिलवाल लगायत केन्द्रका महत्वपूर्ण व्यक्ति वारम्वार निरिक्षणको क्रममा आउँदै रकम दिने आश्वासन देखाएर गए पनि पोखरामा भने अझैपनि रकम आउन सकेको छैन ।
१३ औँ सागलाई सफल बनाउने भनिरहदाँ पुर्वाधार निमार्णको लागि रकम निकाशा नहुँदा काम गर्न निकै कठिन भएको राखेप सदस्य राजेश गरुङले बताए ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गर्न आउने क्रममा उनले उक्त कुरा बताएका हुन र्। हामिलाई मुख्य समस्या भनेकै बजेट हो, हामिले सान्त्वना मात्र पाएका छौँ, हामिलाई सान्त्वना होईन बजेटको खाचो छ’ सदस्य गुरुङले भने । पोखराको हरेक खेललाई रकम छुट्याएपनि रकम नपाउँदा निकै कठिन भएको उनले बताए । क्रिकेटमा पनि यस्तै समस्या छ । पोखरा क्रिकेट ग्राउन्ड क्युरेटर प्रदिप रावतले पनि रकम नआउनाले खेलाडिको लागि चेन्जिङ रुम समेत बनाउन नसकिएको बताए । अब अस्थाई रुपमा प्यारापिट देखि खेलाडीको चेन्जिङ रुम निर्माण गर्ने हो रावतले भने । त्यस्तै कास्की जिल्ला व्याटमिन्टन संघका अध्यक्ष डम्वरसिंह गुरुङले संघले नै जोखिम मोलेर पुर्वाधार निमार्ण गरेको बताए । ‘हामीले त आफ्नो रकम समेत खर्च गरेका छौँ हामिलाई राज्यले नै पुरा व्यवस्था गरेको छैन तर पनि रकम आउन ढिला गरेको छ’, उनले भने ।
सागतयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसि विनियोजित गर्न सक्ने बताएका छन । मन्त्री गुरुङले पोखरा रंगाशलाको निरिक्षणको क्रममा उक्त कुरा बताएका हुन ।‘साग सम्पन्न गर्नको लागि रकमको अभाव छ भने हामि तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’, मन्त्री गुरुङले भने । मन्त्री गुरुङसहित सामाजिक विकासमन्त्री नरदेवी पुन, १३ औँ साग समिति पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए । मन्त्री गुरुङले रंगशालाको निरिक्षण गर्दै पुर्वाधार काम चलाउको लागि हो कि दिर्घकालीन हो भन्दै प्रश्न समेत गरेको थिए । साग नेपालमा हुने पहिले नै थाहा भएपनि काम शुरु भने निकै ढिला भएको मन्त्री गुरुङले बताए । साग हुने भनिएपनि अलमलमा परेको कारणले गर्दा नै ढिला भएको बताउदै दिनरात नभनि काम तिव्र रुपमा अघि बढाएको भन्दै निमार्ण कम्पनी तथा कामदारहरुलाई समेत धन्यवाद व्यक्त गरे । १३ औँ सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान , क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समिति पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए । मंसिर १५ गते देखि २५ गते सम्म हुने साग पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्बल, ब्याटमिन्टन, ट्रायथोलन, विच भलिबल र भारोत्तलन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->