झंकबहादुर बस्नेत
अध्यक्ष
गलकोट घुम्टे पर्यटन विकास केन्द्र
अध्यक्षज्यू महोत्सव आयोजनाको उदेश्य के हो ?
महोत्सव त हामीले यही मंसिर ४ देखि ११ गतेसम्म गलकोटको बसाहा फाँटमा आयोजना गर्दैछौँ । महोत्सवको देखिने आयोजक गलकोट घुम्टे पर्यटन विकास मञ्च भए पनि यो समग्रमा सम्पूर्ण गलकोटबासीको महोत्सव हो । महोत्सव आयोजनाको निमित्तक हामीलाई बनाइदिनु भएको छ । हामी खुसी छौँ तर महोत्सवको माध्यमबाट आम गलकोटेलाई खुसी बाँड्न, गलकोटेको पहिचान उच्च बनाउन र पर्यटन प्रवद्र्धन तथा पर्यटकीय यो महोत्सव गल्कोटको पर्यटन प्रवद्र्धन र जिल्ला तथा प्रदेशको पर्यटन प्रबद्र्धनमा सहयोगी हुने त छँदैछ, नेपाल भ्रमण बर्ष सन २०२० लाई सहयोग गर्छ भने गण्डकी प्रदेशको भ्रमण बर्ष सन् २०१९ लाई पनि सहयोग पु¥याउने छ । २०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गर्दा हामीले यो क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्ने र पर्यटकीय पूर्वाधार निर्माणमा सघाउने लक्ष्य लिएका छौँ ।
महोत्सव आयोजकको रुपले जनप्रतिनिधि, पालिका, संघ÷संस्था र आम नागरिकलाई कसरी समेट्नु भएको छ ?
सचिवालय समितिमा यहाँका सबै जनप्रनिधि सामेल हुनुहुन्छ । स्थानीयको हकमा यहाँ भएका १६ वटै स्थानीय निकाय समाहित हुनु भएको छ । त्यहाँका आमा समूह, सांस्कृतिक समूह,खेलागी, विद्यालयहरुको समेत सहभागिताले महोत्सव भव्य र सम्पूर्ण गलकोटबासीको उत्सव हुँदै महोत्सव हुन्छ भन्ने लागेको छ ।
महोत्सवमा विभिन्न स्टलहरु पनि राखिएका छन्, ती स्टलमा के–के प्रदर्शन र बिक्री गरिन्छ ?
महोत्सवमा करिब १ सय ५० स्टल रहने छन् । यहाँ रहने स्टलहरु मुख्यतया ः स्थानीय उत्पादनहरु प्रदर्शन र बिक्रीकै लागि हुन् । यसका अलावा हामीले यहाँका लोपोन्मुख पुराना सामानहरुको पनि प्रदर्शन गर्दैछौँ । नयाँ पुस्तालाई पुस्ताको वैभवबारे जानकारी दिनु पनि हाम्रो उदेश्य हो । तपाईँलाई थाहा छ, गलकोट पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यहाँ कोट (गोलकोत), सहश्रधारा (क्यानोइङ खेल), निलुवा, घुम्टे, गाईघाट झरना, गाँजाको दह, मोतिमारेको दह, सम्परखाको दह, हरिचौरमा अवस्थित राजदरबारलगायतका सांस्कृतिक र पर्यटकीय स्थलहरु रहेका छन् । ती स्थलहरुमा महोत्सवको बेला आउने पर्यटकहरुलाई पु¥याउने र घुमाउने हाम्रो उदेश्य छ । यसको लागि हामीले हेलिकोप्टर चढ्ने व्यवस्था पनि मिलाएका छौँ । हामी पदयात्रामार्फत पनि यी पर्यटकीय स्थलमा आम नागरिकको पहुँच स्थापित गर्न चाहन्छौँ ।
महोत्सवमा मान्छे किन आउने , के हेर्न आउने ?
यहाँ खेलकुद छ, मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ । यो क्षेत्रमा उत्पादित जडिबुटी पनि यहाँ राखिन्छ । माननीय गृहमन्त्रीज्यूको महोत्सव समुद्घाटन हुँदैछ । महोत्सव सफल पार्न सबै पक्षबाट सहयोग आइरहेको छ । सहयोग गर्ने हातहरु यसै पनि महोत्सवमा सहभागि हुनुहुन्छ । संस्कृति, सम्पदा र खेलकुदका गतिविधि हेर्न पनि यहाँ आउनु पर्छ भन्ने हामी सन्देश दिन खोजिरहेका छौँ । त्यसैले पनि हामी आम नागरिकलाई फरक स्वाद चाख्न महोत्सवमा आउनुहोस् भन्ने आह्वान गर्न चाहन्छौँ ।
तपाईंको केही आह्वान छ, आम नागरिकसँग ?
महोत्सव आयोजकको नाताले हामीले आयोजनाको पक्षमा कुनै कमी हुन दिएका छैनौँ । महोत्सव भव्य हुनु भनेको गलकोटेको इज्जत बढ्नु हो । त्यसैले हाम्रो इज्जत राख्नको लागि पनि समग्र गलकोटबासी एकै ठाउँमा उभिनु हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । हामीलाई सुझाव र सल्लाह पनि चाहिन्छ । त्यही सुझाव र सल्लाहले महोत्सव सफल हुने हो । यहाँहरुबाट हामी सदैव रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।





