बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको भिमादमा भिमादमा आँखा उपचार केन्द्र स्थापना

तनहुँको भिमादमा भिमादमा आँखा उपचार केन्द्र स्थापना

भिमाद नगरपालिकाले उक्त स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा सुरू गरेको हो ।


  • प्रेरणा रानामगर
  • मंसिर ७ २०७६, शनिबार

पोखरा, ७ मंसिर – तनहुँको भिमादमा प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा शुक्रबारबाट सुरु गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भिमाद नगरपालिकाले उक्त स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा सुरू गरेको हो । आँखा उपचार सेवाको भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले एक समारोका बीच उद्घघाटन गरे । उद्घघाटन गदै नगरपमुख थापाले भिमाद नगरपालिकाले जनताको स्वास्थ्य उपचार सेवालाई पहिलो प्राथमिकतामा राखेको बताए । आम नागरिकको मौलिक अधिकार सुनिश्चित गर्न हरपल तयार रहेको उनले बताए ।
भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् भिमाद प्राथमिक उपचार केन्द्रका अध्यक्ष श्यामसुन्दर जोशीले भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको विकराल समस्यालाई सुधार गर्दै लगेको बताए । आँखा उपचार सेवा सुरु गरेकाले अब चस्मा र गुणस्तरीय औषधी वितरणमा जनप्रतिनिधि सचेत रहेको बताए । आइतबारबाट सो केन्द्रबाट नियिमत सेवा दिइने छ । हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष कृष्ण गुरूङले उपचार केन्द्रमा आँखा रोगीहरुले सहज रूपमा सेवा दिन आफ्नो सेवा विस्तार गरेको बताए । आँखा उपचार सेवाबाट ग्रामीण भेगका आम नागरिकले स्वास्थ्य लाभको फाइदा लिनुपर्ने उनको भनाई थियो । हिमालय आँखा अस्पतालका डा.इन्द्र महर्जनले भिमादमा आँखा उपचार केन्द दमौली पछि भिमादमा सुरू गरेको बताए । गाउँगाउँँमा आखा उपचार केन्द संचालन गर्ने समेत सोही अवसरमा बताए । ९० प्रतिशत आँखाको उपचार यही भिमादको आँखा उपचार केन्द्रमा हुने र नभएका पोखरामा उपचार गर्ने उनले बताए ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति जीतप्रकाश आलेले स्वास्थ्य नागरिक भएमा मात्र मुलुक स्वास्थ हुने बताए । स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले राज्यले यसमा ध्यान दिनुपर्नेमा जोेड दिए । भिमाद स्वास्थ्य केन्द्रका प्रमुख मनोराज बरालले अब एक्सरे सेवा, दन्त सेवा, कम्युटर सेवा संचालन गर्ने योजना रहेको बताए । आँखा उपचार सेवा सुरु गरेको प्रति भिमाद ३ का स्थानीय देवनारायण श्रेष्ठले खुसी व्यक्त गरे । आँखा उपचार सेवाले घरदैलोमा गर्न पाउँदा खुसी लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->