बागलुङ, ७ मंसिर मोफसलमा रहेर पनि सफल गीतकारको छवि बनाएका सुमन श्रापितको शब्द रचनामा तयार पारिएको आधुनिक गीत टिलपिल टिलपिल ताराको म्युजिक भिडियो शुक्रवार सार्वजानिक भएको छ । यस गीतको भिडियो निर्देशन संगिता श्रेष्ठले गरेका छिन । ओएसआर डिजिटलले सार्वजानिक गरेको यो गीतमा सुपुष्पा भट्टले अभिनय गरेकी छिन् । सुपुष्पासँगै रोहन नेपाली र अजय पुनले फिचरिङ गरेका छन् । विक्रमजङ्ग शाहको प्रस्तुति रहेको गीतमा मेलिना राई र विक्रमजङ्ग शाहको स्वर र जीवन परियारको सङ्गीत, शिवराम श्रेष्ठको छायाङ्कन र रोहन अशिफको कोरियोग्राफी रहेको छ।





