शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट घुम्टे महोत्सव ꓽ भलिवल प्रतियोगिता सुरु

गलकोट घुम्टे महोत्सव ꓽ भलिवल प्रतियोगिता सुरु


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७६, सोमबार

गलकोट,९ मंसिर – गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रको लोकप्रिय खेल भलिवल प्रतियोगिता सुरु भएको छ ।महोत्सवको आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको पहिलो खेल आइतवारदेखि सुरु भएको हो । आइतवार सम्पन्न पहिलो खेलमा गलकोट नगरपालिकाले मुसिकोट नगरपालिका गुल्मीलाई क्रमस २५–२१ ,२५¬–२० ,२५ – १८ ले पराजित गर्दै गलकोट नगरपालिका दोस्रो चरणमा प्रवेश गरेको छ । आइतवारनै सम्पन्न कालिगण्डकी गाँउपालिका र आयोजक विचमा सम्पन्न भएको खेलमा क्रमस २५–१७ ,२१ – २५ ,२८ –२६ ,२५ – १५ का साथ आयोजकलाई पराजित गर्दै कालिगण्डकी गाँउपालिका दोस्रो चरणमा प्रवेश गरेको छ । अन्तरपालिका स्तरीय खुला भलिवल प्रतियोगितामा ९ समूहको सहभागिता रहेको छ ।
माछा छोप्नमा सुरेन्द्र र इश्वर च्याम्पियन
गलकोटको दरमखोला माछाकोलागि ख्याति कमाएको खोला हो । गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यही दरमखोला मा हातले माछा छोप्ने प्रतियोगिता आयोजना गरियो । यस प्रतियोगितालाई दुई तरिकाले मूल्यांकन गरियो ।पहिलो संख्याको आधारमा ,दोस्रो तौलको आधारमा ।
संख्याको आधारमा ७ वटा माछा समातेर सुरेन्द्र छन्तेल प्रथम र ३ वटा माछा समातेर दल बुढाथोकी दोस्रो बने । तौलका आधारमा १ सय ५० ग्रामको माछा समातेर इश्वर परियार प्रथम र १ सय १० ग्रामको माछा समातेर सुरेन्द्र छन्तेलनै दोस्रो बने ।
बी लेबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
आइतवारनै सम्पन्न दोस्रो गलकोट घुम्टे बी लेबल ब्याडमिन्टन प्रतियोगिता मा ओसियन क्याब कांडेबासका खेलाडी डेनिस शेरचन र बिबेक शर्मा प्रथम ,श्रेष्ठ अटोमोबाइल हटियाका खेलाडी सुदीप श्रेष्ठ र बिक्रम केसी दोस्रो र रामू शर्मा र भूपाल चालिसे तथा दीपक थापा र प्रकास बिक को समूह तेस्रो भए ।

यसैबिच छेलो फाल्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । ८ जना सहभागि रहेको छेलो फाल्ने प्रतियोगितामा किशान बिकले ५० दशमलब २ फिट टाढा फाल्दै प्रथम भए भने ४७ दशमलब ५ फिट टाढा फाल्दै तरुण बिक दित्तीय भए । प्रतियोगितामा ४३ दशमलब १० फिट टाढा फाल्दै देबेन्द्र श्रीस तृतिय भएको उत्त प्रतियोगिताका सयोजक मनोज थापाले जानकारी दिए ।

सास्कृतिक कार्यक्रम जारी
दोस्रो गलकोट घुम्टे महोत्सवको पाँचौ दिन आइतवार । चिसो मौसम र सास्कृतिक कार्यक्रमले गलकोट तातेको छ । आइतवार स्थानीय कला सस्कृतिसंगै चर्चित संगीतकार तथा गाएक आशिस अविरल ,थानेश्वर गौतम ,श्रीकृष्णबम मल्ल ,लक्ष्मी परियार र लक्ष्मी गौतमले यहाँको माहोल तताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->