मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

यसरी माछा छोपे दरमखोलामा प्रतियोगिले ( तस्वीर )

यसरी माछा छोपे दरमखोलामा प्रतियोगिले ( तस्वीर )


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७६, सोमबार

गलकोटको दरमखोला माछाकोलागि ख्याति कमाएको खोला हो । गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यही दरमखोला मा हातले माछा छोप्ने प्रतियोगिता आयोजना गरियो । यस प्रतियोगितालाई दुई तरिकाले मूल्यांकन गरियो ।पहिलो संख्याको आधारमा ,दोस्रो तौलको आधारमा ।
संख्याको आधारमा ७ वटा माछा समातेर सुरेन्द्र छन्तेल प्रथम र ३ वटा माछा समातेर दल बुढाथोकी दोस्रो बने । तौलका आधारमा १ सय ५० ग्रामको माछा समातेर इश्वर परियार प्रथम र १ सय १० ग्रामको माछा समातेर सुरेन्द्र छन्तेलनै दोस्रो बने । चिसो पानीमा डूबेर हातलेनै उनीहरूले माछा समाते ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->