शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यसरी गराईयो पोखराका वडाध्यक्षको गाडीमा बम विष्फोट

यसरी गराईयो पोखराका वडाध्यक्षको गाडीमा बम विष्फोट


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७६, सोमबार

पोखरा,९ मंसिर – अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताए । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->