शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मतदान स्थलका सिसी क्यामेरा हटाउन पत्राचार

मतदान स्थलका सिसी क्यामेरा हटाउन पत्राचार


  • Dhorpatan News
  • मंसिर १३ २०७६, शुक्रबार

पोखरा,१३ मंसिर –  भोली हुने कास्की–२ को उपनिर्वाचनमा विभिन्न मतदान स्थलमा रहेका सीसी क्यामेरा हटाउन जिल्ला निर्वाचन कार्यालयले पत्राचार गरेको छ ।
निर्वाचनमा गोप्य मतदान गर्न पाउने मतदाताको अधिकारमा सीसी क्यामेराले निगरानी गरिँदा अधिकारको हनन् हुने भन्दै त्यस्ता सिसी क्यामेरा हटाउन निर्देशन दिइएको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुबेदीले बताए ।
मौन अवधीमा अमुक पार्टीहरुले आफ्नो पार्टीलाई भोट माग्दै मतदातासंग सिसी क्यामेराले खिच्ने छ भन्दै तर्साएपछि जिल्ला निर्वाचन कार्यालयले सो निर्देशन दिएको हो ।
यस क्षेत्रका ६ वटा विद्यालयले विद्यालयका सुरक्षाका लागि सिसी क्यामेरा राखेका थिए । भोली निर्वाचनलाई मध्यनजर गर्दै पूर्णरुपमा बन्द गरिने उनले जानकारी दिए ।
उनले भने ,– ‘कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि लागि ३२ मतदान स्थलका मा ८२ केन्द्र मध्ये सिसी क्यामेरा भएका केन्द्रमा बन्द गर्न निर्देशन दिएका छौं ।’ मतदान स्थलमा मोवाईल तथा अन्य क्यामेरा समेत निषेध गरिएका उनले जानकारी दिए ।
मतदान स्थलमा हुन सक्ने सबै सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा समेत कडाई गरिएकाले ढुक्क भएर बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदानमा सहभागी हुन उनले मतदाताहरुलाई आग्रह गरेका छन ।
कास्की क्षेत्र २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->