शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्की २ मा मतदान सुरु

कास्की २ मा मतदान सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७६, शनिबार

पोखरा,१४ मंसिर – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ। मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ३२ मतदानस्थलमा ८२ केन्द्र छन्।
यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन्। चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी छन्।

यसैगरि विवेकशील नेपाली दलकी जमुना शर्मा स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छन्। नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ पनि मैदानमा रहेका छन्।

स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यस क्षेत्रमा  ८२ वटा मतदान केन्द्र र ३२ वटा मतदान स्थल रहेका छन्। पोखरामा ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन्। आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। म

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->