आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा अहिले सम्म ५० प्रतिशत मतदान, मतदाता पातलिँदै

बागलुङमा अहिले सम्म ५० प्रतिशत मतदान, मतदाता पातलिँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७६, शनिबार

बागलुङ,१४ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान चलिरहेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान कार्यक्रममा बिहान दिउसो २ः३० बजे सम्म प्रत्यक मतदान केन्द्रमा ५० प्रतिशत भन्दा धेरैले मतदान गरिसकेका छन् । प्रदेशसभा र स्थानीय तहको वडा अध्यक्षको लागि भएको उप निर्वाचनका लागि बागलुङमा ४५ मतदान केन्द्र रहेका छन् । ‘सबै केन्द्रबा प्राप्त जानकारी अनुसार मतदाताको चाप पातलिएको छ’ निर्वाचन अनुगमनका लागि तमानखोला पुगेका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने ‘५० प्रतिशत भन्दा धेरै मत खसिसकेको छ ।’ प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ । त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->