आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा ६३ प्रतिशत मत खस्यो

बागलुङमा ६३ प्रतिशत मत खस्यो


  • Dhorpatan News
  • मंसिर १४ २०७६, शनिबार

बागलुङ, १४ मंसिर -बागलुङको क्षेत्र नम्बर–२ (ख) मा गण्डकी प्रदेशसभा सदस्यकोलागि र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
शनिबार विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिए ।
उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएको थियो । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता रहेको थिए ।
मतदान कार्यक्रम सकिए लगतै सम्बन्धीत मतदान स्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम सुरु भएको छ ।शनिबार राती अवेरसम्म मतपेटीका संकलन गर्ने र आईतबार विहानदेखि मतगणता सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकृत पौडेलको भनाई छ ।
प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।
उता, बडिगाड–२ मा भएको वडाध्यक्ष निर्वाचनमा एक हजार ७४२ मतदाता मध्ये एक हजार १३४ मत खसेको छ । वडाध्यक्षको मतगणता शनिबार राती ८ बजेदेखि बडिगाड गाउँपालिकाको सभाहलमा हुने बताइएको छ ।  वडाध्यक्षमा नेकपाकाको तर्फबाट ढालेन्द्र शेरचन  काग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->