पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अग्रता बढ्दै गएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने उनलाई कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मतसहित पच्छ्याउँदै छन् । नेकपा उमेदवार भट्टराई कांग्रेसका पौडेलभन्दा ३ हजार ७ सय ३ मतले अघि छन् । अहिलेसम्म वडा नम्बर ३३ र २१ को मतगणना सकिएको छ । ३३ नम्बर वडामा १ हजार १ सय ६५ मतले पछि परेको कांग्रेस २१ नम्बर वडामा २ हजार ५ सय ४३ मतले पछि परेको हो । ३३ मा नेकपाले ३ हजार २ सय ७६ मत ल्याएको थियो भने काँग्रेसले २ हजार १ सय १५ मत पाएको थियो । २१ नम्बर वडामा नेकपाले ३ हजार ५ सय २३ मत पाउँदा काँग्रेसले मात्रै ९ सय ८० मत पायो ।





