शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको ज्यान गयो

पोखरामा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको ज्यान गयो


  • ढोरपाटन संबाददाता
  • मंसिर १५ २०७६, आइतबार

पोखरा, १५ मंसिर – पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदूरको मृत्यु भएको छ ।  साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणको क्रममा खसेको ढिस्को पन्छ्याउने क्रममा माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए । यता, वडाध्यक्ष सीम गुरुङले दिएको जानकारी अनुसार ढिस्कोले पुरिएका ५  जनाकोनै शव निकालिएको छ । मृत्यु हुनेहरुमा  सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोलाका तोवान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली,गणेश ओली र जोगेन्द्र बुढाथोकी रहेका छन् । उनीहरु गएको भदौदेखि त्यहाँ काम गर्दै थिए । पोखराको मणिपाल अस्पताल–¥यालेचौर–मौजा बिसौना– सिक्लेस– मनाङ सडकखण्डको बाटो निर्माणमा अहिले १७६ जना मजदूर कार्यरत रहेको उनले बताए ।

फाइल फोटो 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->