शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्की –२ पाँचवटा वडाको मतगणना सकियो, विद्याको दोब्बरको अग्रता कायमै

कास्की –२ पाँचवटा वडाको मतगणना सकियो, विद्याको दोब्बरको अग्रता कायमै


  • ढोरपाटन संबाददाता
  • मंसिर १५ २०७६, आइतबार

पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार व्दिा भट्टराईको दोब्बरभन्दा बढीको अग्रता कायमै रहेको छ।३३, २१, २०, १७ र १६ गरी पाँच वडाको मत गणना सम्पन्न हुुँदा नेकपाकी उम्मेदवार भिट्टराईले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ हजार ७४५ मतले पछाडि पारेकी छन्। भट्टराइले प्राप्त गरेको मत कांग्रेस उम्मेदवार खेमराज पौडेलले प्राप्त गरेको मतभन्दा दोब्बर रहेको छ।पछिल्लो मत परिणमअनुसार भट्टराईले १५ हजार ५४१ मत प्राप्त गरेकी छन् भने पौडेलले ७ हजा ७९६ मत प्राप्त गरेका छन्।त्यस्तै विवेकशील, साझा, समाजवादी, राप्रपा लगायतका दलहरुले भने अहिलेसम्म २०० मत कटाउन सकेका छैनन्। निर्वाचन आयोगका अनुसार सो निर्वाचन क्षेत्रमा जम्मा मतदाता ७१८७१ रहेकोमा ४५५६३ मत ९६३।४० प्रतिशत० खसेको थियो। ती मध्ये पुरुष २०७८४ र महिला २४७७९ हुन।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->