शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जमानत जोगाउन सकेनन १९ उम्मेदवार, बदर मतले जित्यो १६ उम्मेदवारलाई

जमानत जोगाउन सकेनन १९ उम्मेदवार, बदर मतले जित्यो १६ उम्मेदवारलाई

साझाको मकै भटमास बिकेन


  • ढोरपाटन संबाददाता
  • मंसिर १६ २०७६, सोमबार

पोखरा, १६ मंसिर – चुनावमा स्वतन्त्रसहित २१ उम्मेदवार मैदानमा थिए । निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको ३ प्रतिशत ल्याउनैपर्छ । यस मानेमा बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् । निर्वाचन ऐनमा उल्लेख गरेअनुसार जम्मा खसेको मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत जफत हुनेछ । यहाँका २१ उम्मेदवारमध्ये १९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
यता, त्यो बेलाको चुनावमा तेस्रो शक्ति बनेको साझा पार्टीको भोट खासै घटेन । तर, यो पटक उसले तेस्रो दलको हैसियत गुमायो । १ हजार ९ सय २२ मत ल्याउँदै समाजवादी पार्टी तेस्रो नम्बरमा आयो । यद्यपी, यो पटक संघीय समाजवादी र नयाँशक्ति पार्टीको एकिकरणबाट यो पार्टी मिलेको हो ।
साझालाई जित्दै यसपटक कास्कीमा समाजवादी पार्टी तेश्रो भएको छ । समाजवादीका धर्मराज गुरुङले एक हजार नौसय २२ मत ल्याए । त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए ।
बदर मतले जित्यो १६ उम्मेदवारलाई
यहाँ ६ सय मत बदर भयो । तर, छ राजनीतिक दलका उम्मेदवारले बदर मतलाई पनि जित्न सकेनन् ।
नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी ५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना ३५, नेपाली कांग्रेस (विपी) का चन्द्रबहादुर रानाभाट २८, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ १३८ र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले ११ मत ल्याए । उनीहरुले बदर मतलाई पनि जित्न सकेनन् ।
१० स्वतन्त्र उम्मेदवार पनि बदर मत भन्दा तल नै रहे । जमानत जोगाउने त कुरै भएन । स्वतन्त्रमा कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशीलको समर्थनमा चुनावमा भाग लिएकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दीपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८, आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १ मत ल्याए ।
त्यस्तै, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत, किताब चुनाव चिन्हका उमनाथ गौतम १ र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए ।
कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता मध्ये ४५ पाँच सय ४६ जनाले मात्रै मतदानमा भाग लिएका थिए ।
कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ मतदाता थिए । मंसिर १४ गते उनीहरुमध्ये ४५ हजार ४ सय ४३ जनाले मतपत्रमार्फत आफ्नो मत जाहेर गरे । अर्थात् ६३.४० प्रतिशत जनता मात्रै मतदानमा सहभागि भए । त्योमध्ये पनि ६ सय मत बदर भयो ।
साझाको मकै भटमास बिकेन
साझा पार्टीका रविन्द्र मिश्रले उम्मेदवार घोषणा गर्ने क्रममा भनेका थिए, ‘हामीले मकै भटमास खाएर चुनाव प्रचारमा भाग लिन्छौँ ।’ केही दिनपछि उनले सामाजिक सञ्जालमा समोसा खाएर प्रचारप्रसारमा होमिएको तस्बिर पनि राखे ।
तर, साझाको मकै भटमास बिकेन । उल्टै अघिल्लो चुनावमा पाएको तेश्रो दलको हैसियत पनि गुमायो । चर्चा र प्रचारमा नम्बरी देखिएको साझाले चार अंकको मतपरिणाम पनि ल्याउन सकेन । लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेर साझा प्रवेश गरेकी केसीले नौ सय ४२ मत ल्याएर चित्त बुझाईन् । २०७४ मा विवेकशील र साझाको एकीकरण थियो । आठसय ४३ मत सहित तेश्रो स्थानमा आएको साझा विवेकशील तेश्रो स्थानमा थियो । अहिले साझाले त्यो स्थान पनि गुमाएको छ ।
कास्की २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन् । यो कूल मतको ५३.५३ प्रतिशत हो । यता, उनका निकटत्म प्रत्यासी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ५१ मत ल्याए । विद्याले ८ हजार ४ सय तीन मतान्तरले विजय प्राप्त गरिन् । गएको चुनावमा यही क्षेत्रमा विद्याका पति रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र उनका प्रतिष्पर्धी देवराज चाालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । त्यो बेलाको मतान्तर ८ हजार ५ सय ४६ थियो ।
मतदाता बढेको बेला भोट कम खस्यो । मतान्तर उस्तै भए पनि दुबै मुख्य दलले कम भोट ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->