शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्याडमिण्टनमा नेपाललाई कास्य, क्रिकेटमा किर्तिमान

ब्याडमिण्टनमा नेपाललाई कास्य, क्रिकेटमा किर्तिमान


  • ढोरपाटन संबाददाता
  • मंसिर १७ २०७६, मंगलबार

पोखरा,१७ मंसिर – साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको छ । सोमबार पोखरामा भएको खेयो अवस्था आएको हो ।
श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुरुषतर्फको खेलमा नेपालका रत्नजित तामाङ श्रीलंकाका निशान पेर करुनारत्नेसँग सोझो सेटमा पराजित भए । करुणारत्नेले रञ्जितलाई २२–२० र २१–९ को सेटमा पराजित गरे ।यसैगरि नेपालका दीपेश धामी श्रीलंकाका सचिन प्रेमाशन अन्गोडा भिडानेजसँग २४–२२, १८ –२१ र १६ –२१ सेटमा पराजित भए । यसैगरी अर्को खेलमा रञ्जित तामाङ र दीपेश धामीको समूह थरिन्डु डि डुम्बुकोला गुनाथिलाके र सचिन प्रेमासन अन्गोडा भिडानेजसँग ११–२१ र १५–२१ को सोझो सेटमा पराजित भए ।नेपालका लागि भने प्रिन्स दाहालले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१ र २१–१९ को सेटमा पराजित गरे पनि नेपाललाई फाइनल पु¥याउन सकेनन् । नेपाललाई जितेको श्रीलंका फाइनलमा प्रवेश गरेको छ । उसको भेट फाइनलमा भारतसँग हुँदैछ ।महिलातर्फको सेमीफाइनल खेलमा नेपालकी नङ्शाल तामाङ श्रीलंकाकी थिलिनी प्रोमाडिकासँग २–२१ र १६–२१ को सोझो सेटमा, अनुमाया राई डिल्मी प्रेम्सीकासँग ८–२१ र ८–२१ को सेटमा तथा सिमा राजवंशी अचिनी निमलेशीका रथनासिरीसँग १२ –२१ र ८–२१ को सेटमा पराजित भए ।

नेपाली महिला टोलीले सोमबार पोखरामा भएको प्रतियोगितामा माल्दिभ्समाथि १० विकेटको जीत निकाल्दा दुई किर्तिमान बने । प्रतियोगितामा नेपालका लागि अन्तराष्ट्रिय खेलमा डेब्यु गरेकी अन्जली चन्दले २.१ ओभर(१३ बल) खेल्दा दुई मेडन राख्दै ६ विकेट लिइन् । यो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सबै भन्दा उत्कृष्ट स्पेल(बलिङ) हो ।
टस जितेर व्याटिङमा उत्रिएको माल्दिभ्सले पोखराको मैदानमा १०.१ ओभर मात्रै खेल्न पुग्यो । ८ खेलाडी डक आउटको शिकार भए । १७ रनको कमजोर लक्ष्यलाई नेपालले केवल एक ओभर समेत पुरा खेलेन् । केवल ५ बलमा लक्ष्य प्राप्ती ग¥यो । यो पनि नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व किर्तिमानी रहेको म्याच रेफ्री सत्यजित सरकारले बताए । उदघाटन खेलमा अन्जली प्लेयर अफ लि म्याच घोषित भइन् । नेपालले अब अर्को खेल श्रीलंकासँग खेल्ने छ । मंगलबारको खेल बंगलादेश र श्रीलंकाबीच हुने छ । माल्दिभ्सले यही सागमा क्रिकेटमा डेब्यु गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->