शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ट्रायथलनका मुख्य प्रशिक्षक भन्छन् : मागेको सामान परिषद्बाट समयमा नआउदाँ स्वर्ण कम

ट्रायथलनका मुख्य प्रशिक्षक भन्छन् : मागेको सामान परिषद्बाट समयमा नआउदाँ स्वर्ण कम

पोखराबाट नेपाललाई फेरि अर्को स्वर्ण


  • विजय नेपाली
  • मंसिर १८ २०७६, बुधबार

पोखरा,१८ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा भएको ट्रायथोलन तर्फबाट नेपाललाई फेरि अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको छ । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो ।
निर्धारित दूरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरि पुरुषतर्फको दुआथलनमा स्वर्ण पदक पाएका हुन् । त्यसैगरि, पुरुषतर्फको रजत पदक पनि नेपालले नै जितेको छ । लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत पदक प्राप्त गरेका हुन् । ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै श्रीलंकाका आशिथ पेरेराले कास्य पदकमा चित्त बुझाउन प¥यो ।
मंगलबार नै भएको महिलातर्फको स्प्रिन्ट विधाको दुआथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक प्राप्त गरेको थियो भने नेपालले रजत पदक हासिल गरेको थियो । श्रीलंकाकी एरेङ्गा दुलाक्सीले निर्धारित दूरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक हाँसिल गरिन् । १ घण्टा ८ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै नेपालकी हुमी बुढा मगरले रजत पदक जितिन् । श्रीलंकाकै उदयकुमारीले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारिन् ।
यो सँगै नेपालले ट्रायथोलनका विभिन्न विधामा दुई स्वर्ण, दुई रजत र एक कास्य आफ्नो पक्षमा पारिसकेको छ । मंगलबार भएको दुआथलनका लागि पुरुष तथा महिला तर्फका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दूरी तय गरिएको थियो ।
पुरुषमा आशा गरे अनुसार नै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकारे । उनले भने, ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने प्रशिक्षक सिलवाल दावी गरे ।
नेपालका लागि स्वर्ण पदक जिते पश्चात हिमाल टमाटाले स्वर्ण कुनै पनि हालतमा जित्ने भनेर सहभागि रहेको बताए । ५ वर्षदेखि निरन्तर दुआथलनमा लागेका टमाटा भन्छन्, ‘एउटा सपना पुरा भयो । अवको सपना एसिएन खेलमा स्वर्ण पदक जित्ने हो ।’पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी रजत पदक विजेता हुमी बुढा मगर खेलमा आवश्यक पर्ने सामानहरु समयमै उपलब्ध भएको भए सायद स्वर्ण जित्न सक्ने दावी गरे ।
बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दूरी तय गरिएको छ ।

साग महिला फुटबलमा नेपालको कठिन जीत
सब्टिच्युट खेलाडीको निर्णायक गोल
१३ औँ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगितामा नेपालले कठिन जित हात पारेको छ । मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–० गोलले हराउँदै कठिन जित निकालेको हो ।
नेपालको जितमा सब्टिच्युट खेलाडी सरु लिम्बुले निर्णाक गोल गरेकी हुन् । खेलको ३२ औ मिनेटमा दिपा राई स्थानमा मैदान प्रवेश गरेकी लिम्बुले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएकी हुन् । खेलमा नेपालले पूरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि जितको लागि अन्तिम समय कुर्न बाध्य भएको हो । नेपालले बारम्बार पाएको अवसरमा श्रीलंकाकी गोलरक्षक अयोमी विजेराथना बाधक बन्न पुगिन । खेलको १५ आँै मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्स भित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्धन्दी श्रीलंकालाई खेलको सुरुवात देखि नै दबाबमा राखेको थियो ।
श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । नेपाली खेलाडीले पटक पटक डिबक्स भित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न भने सकेन ।
नेपाली टिमका क्यापटेन निरु थापाले खेलको ३८ औ मिनेटमा गरेको प्रहारलाई श्रीलंकाकी गोलकिपर अयोमी विजेराथना बाधक बन्न पुगिन ।
खेलमा सवित्रा भण्डारी( साम्वा)खेल अवधिभर दर्शकको नजरमा रहिन् । उनी प्रतिद्धन्दी श्रीलंकाका खेलाडीहरुको नजरबन्दका बाबजुद पनि राम्रो प्रर्दशन गर्दे पोखरेली दर्शकको वाहावाही बनिन् । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बार बाट बाहिरिएको थियो ।
हारेपनि सन्तुष्ट छौं ः श्रीलंका
खेलपश्चात श्रीलंका महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताएकी छिन् । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन् ।‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले । तर, ८८ औं मिनेटमा दुर्भाग्यवश गोल हुन पुग्यो,’ सिन्हाले भनिन्, ‘आजको खेल हा¥यौं । तर, हामी सन्तुष्ट छौं ।’ उनले आउँदो खेलमा आजको भुल सुधार गर्ने बताइन् ।
पाएको धेरै अवसरलाई सदूपयोग गर्न सकनौं ः नेपाल
नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले मंगलबारको भएको श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । जीतका लागि अन्तिम समय कुर्नु परेकोमा भने उनले विपक्षीको डिफेन्सिभ राम्रो भएको बताए ।
‘हामीले अट्याकिङ खेलेका थियौंँ । तर, श्रीलंकाले डिफेन्सिभ खेलकाले जितका लागि अन्तिम समय कुर्नु परेको हो,’ प्रशिक्षक खड्काले भने, ‘तर, आजको समग्र खेललाई हर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।’ उनले गोल गरेकी सरु लिम्बुले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।

त्यसतै अर्को खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको छ ।फुटबल मैदान राम्रो भएन
पोखरामा महिला फुटबल भएको छ । पोखरामा महिला फुटबल गराउन निकै नै कसरत गरियो । मैदान पूर्ण रुपमा तयार नहुँदा नै खेल खेलाइयो । मैदान पूर्णरुपमा तयार हुन करिब ६ महिना लाग्ने मैदान निमार्ण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले यसअघि बारम्बार बताएका थिए । अहिले प्यारापिट निमार्णको काम पनि रोकिएको छ । फुटवल मैदान निमार्णको काम करिब ६५ प्रतिशत मात्र भएको देखिन्छ ।
मंगलबार उक्त मैदानमा दुई खेल खेलाइयो । खेल पछि खेलाडि तथा प्रशिक्षक संग कुरा गर्दा सबैको एउटै कुरा आयो मैदान राम्रो भएन । हुन पनि मैदानको अवस्था राम्रो छैन खेल खेल्दा मैदानमा रहेको दुवोको चपरी बारम्बार उप्किने डर त छदैँछ । सो समस्यालाई समाधान गर्न दुबो समेत रोपिएको छ ।
मंगलवार महिला फुटबल अन्तर्गत नेपाल र श्रीलंका बीच पहिलो खेल सम्पन्न भयो । उक्त खेलपछि प्रतिक्रिया दिदैँ श्रीलंकाका सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले मैदान एएफसीको मापदण्ड अन्तर्गत नभएको बताए । ‘यो मैदान बन्दै रहेछ, मैदान खेल खेल्न उचित छैन, तर पनि खेल खेल्यौँ’,डिफानीले भने । त्यस्तै नेपालका प्रशिक्षक हरी खड्काले पनि मैदान राम्रो नभएको प्रतिक्रिया दिए । मैदान राम्रो नहुँदा खेलाडीलाई बल कन्ट्रोल गर्न निकै समस्या भएको बताए ।
भारतकी प्रशिक्षक मेमोल रक्कीले मैदानको अवस्था राम्रो नभएको बताए । ‘हाम्रो लक्ष्य स्वर्ण जित्ने हो तर मैदान योग्य छैन’, उनले भनिन् । माल्दिभ्स मोहम्मद अतिफले पनि मैदान उपयुक्त नभएको बताए ।
महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी
१३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन् । ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन् । क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् । त्यस्तै एस संदिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।
१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाटसंजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए । संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन भने आयसाले २ चौका प्रहार गरेकि थिइन् । खेलको अन्तिम तिर ब्याटिङमा आएकि फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकि उनले १ छक्का १ चौका प्रहार गरिन् ।
श्रीलंकन बलर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए । खेलमा बंगलादेशकि संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफी प्रदान गरेका थिए ।
खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रर्दशन चित्त बुझ्दो भएको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डीङमा अझै सुधारको खाँचो रहेको औल्याइन् ।
प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशविच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ ।
ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन

तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन् ।
नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेट सुम्पिएका हुन् ।

त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन् । नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन् ।
अर्को खेलमा श्रीलंकाका दिनुका निशान परेराले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–१० र २१–७ को सेटमा पराजित गरे । भारतका आर्यमान टण्डनले पाकिस्तानका अवेइस जाहिदलाई १५ –२१, २१–१४ र २१–९ को सेटमा पराजित गरे ।
बंगलादेशका सिग्बत उल्लाहले भुटानका अनिश गुरुङलाई २१–१७ र २१–९ को सेटमा पराजित गरे ।
पाकिस्तानका पल्वाशा बशीरले मालदिभ्सका अब्दुल रज्जाक फतिमा नवाहालाई २१– र २१–११ को सोझो सेटमा पराजित गरिन् । बंगलादेशका शाल्पा अख्तरले भुटानकी सम्झना गुरुङलाई रिटायर्ड हट गरिन् ।

बंगलादेशकी एलिना सुल्तानाले भुटानकी फुन्ट्सो छोदेन थिङलाई २१–५ र २१–८ को सेटमा पराजित गरिन् । अर्को खेलमा श्रीलंकाका दिल्मी डिआसले मालदिभ्सका अमिनाथ लविहा अब्दुल रजाकलाई २१–६ र २१–१४ को सेटमा पराजित गरे ।
पुरुष युगल स्पर्धामा श्रीलंकाका दिआस अंगोडा भिडानेज र थरिन्डु डुलियोले बंगलादेशका मोहम्मद अब्दुल हामिद र गौरब सिन्हालाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे । अर्को खेलमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसिनको जोडीले भुटानका निडुप दोर्जी र नोर्वु ड्रधुलको जोडीलाई २१–१४ र २११६ को सेटमा पराजित गरे ।
त्यस्तै भारतका कृष्णप्रसाद गंरञ्जा र ध्रुव कोपिलाको जोडीले बंगलादेशका शुभो खण्डाकर र तुसार कृष्ण रोयको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे ।
विजेता सबै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेलहरु जारी रहेका छन् ।

टिम ईभेण्टमा भारतलाई दुई स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिण्टन प्रतियोगिताको टिम ईभेण्ट तर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ ।
सोमवार राती भएको फाईनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो ।

व्याडमिण्टन ः टिम ईभेण्टमा भारतलाई दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिण्टन प्रतियोगिताको टिम ईभेण्ट तर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । सोमवार राती भएको फाईनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो ।

भारतले पुरुष तर्फ ३–१ र महिला तर्फ ३–० को सेटमा जित निकालेको हो । रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने, स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाईनमा प्रवेश गरेको हो ।

फाईनलमा टिम ईभेण्ट पुरुष तर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई ३–को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।
यस्तै सिंगल्स तर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।

पुरुष डबल्स तर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका ईद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो । यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।

टिम ईभेण्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् । तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारेपनि उनले रजत पदकमै चित्त बुझाउनु प¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->