
बागलुङ, १८ मंसिर – गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । बुधबार विहान स्थानीयले इस्मा गाउँपालिका- ४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको शव दुर्घटना स्थल देखि १ किलो मिटर पर खोलाको किनारमा भेटिएका हो ।
शव बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका बागलुङ प्रहरी नायव उपरीक्षक झविन्द्र भट्राईले जानकारी गराए । शव अहिले पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको भट्रराईले बताए ।
मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने ३ जना गम्भीर घाइते भएका थिए । घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने, मृतक १० जनाको मंगलबार नै सामूहिक अन्त्येष्टि गरिएको छ ।





