शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अग्रेजी नयाँ वर्षको अबसरमा पोखरामा सडक महोत्सव

अग्रेजी नयाँ वर्षको अबसरमा पोखरामा सडक महोत्सव


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७६, बुधबार

पोखरा,१८ मंसिर – आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षको अबसर पारेर पर्यटकीय क्षेत्र पोखराको फेवा किनारमा २१ औ सस्करणको सडक महोत्सव आयोजना गरिएको छ । रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० ले २० वर्षदेखि गर्दै आएको सडक महोत्सव आगामी पुस १२ गतेदेखि १६ गते ९डिसेम्बर २८ देखि जनवरी १० सञ्चालन हुनेसम्मलेन रेवानले बुधवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि जानकारी दिएको छ । पोखराको लेकसाइडको तिन किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाइने महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
पोखरा आएका पर्यटक नयाँ वर्ष मनाउन अन्यत्र जाने हुदाँ पोखरा पर्यटनको केन्द्र भएपनि त्यति चहलपहल नहुने भएकाले महोत्सव मार्फत पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षमा महोत्सव संचालन गदै आएको संयोजक बरालले बताए । नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना विगत २० वर्षदेखि सुरु गरिएको उनले बताए । यस मौसममा पर्यटकीय गतिबिधि कम हुने र पर्यटकको संख्या न्यून हुने भएकाले महोत्सव संचालन गर्दै पर्यटकलाई आकर्षित गर्दै आएको रेवानका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । पोखराको फिस्टेल गेट, लेकसाईडको अम्मट, गौरीघाट, बाराहीचोक, खहरे देखि डिहिकोपाटनको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन हुने रेवानले जनाएको छ । सडकमै खाने, सडकमै सास्कृतिक तथा खेलकुद कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ । पाँचदिने सडक महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका कला सस्कृतिहरु प्रस्तुत गरिने संयोजक बरालले जानकारी दिए । राष्ट्रिय कलाकारहरुद्धारा लोकदोहोरी प्रस्तुति , ख्याती प्राप्त ब्याण्डहरुको लाईभ कन्सर्ट सहित बाल उद्ययान महोत्सवको आकर्षणको रुपमा रहने छन् । रास्ट्रीय तथा अन्तरास्ट्रीय खानाका परिकार,हस्तकला प्रदर्शनी ,साहसिक पर्यटक खेलकूद वृत्तचित प्रदर्शनी थप आकर्षणको रुपमा रहने रेवानले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को घोषणा सभाको उदघाटन समारोह पनि यही महोत्सव भित्रनै गर्ने गरि नेपाल सरकार संग समन्वय भैरहेको महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए । घोषणा समारोहको मिति तय हुन बाँकी भएपनि सबै चाजोपाजो मिलिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->