तनहूँ,१९ मंसिर – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ भिमाद नगरपालिकामा वडा समिति गठनलाई तीव्रता दिएको छ । भिमादका कांग्रेसी महिलाहरुको भेलाले बुधबार भिमाद नगरपालिकाको वडा नम्बर ५ र ६ मा वडा समिति गठन गरेको हो । महिला संघ वडा नम्बर ५ को वडा सभापतिमा मोनिका गैह्रे चयन भएकी छिन । वडा समितिको उपसभापतिमा बिष्णु थापा, सचिव पार्वती नैनाबस्ती, कोषाध्यक्ष हरिमाया गैह्रे र सहसचिवमा गीतादेवी गैह्रे चयन भएका छन । सदस्यहरुमा दानुमाया थापा, बालकुमारी थापा, नानुमाया नेपाली, कला भुजेल, देउमाया राना, रेसममाया गैह्रे, कल्पना गैह्रे, पवित्रा अधिकारी सर्वसम्मत चयन भएका छन । त्यस्तै महिला संघ भिमाद वडा नम्बर ६ को वडा सभापतिमा निरन्जना खनाल चयन भएकी छिन । उपसभापति गुनीमाया थापा,सचिवमा जमुना बराल, सहसचिवमा ज्योती मल्ल चयन भएका छन । कोषाध्यक्ष पद भने कार्यसमितिको बैठकले मनोनित गर्ने महिला संघले वडा समितिले जनाएको छ । वडा समिति सदस्यहरुमा सुजन राना, सविता आले, मनमाया राना, कृष्णकला सुवेदी, कृष्णमाया थापा, याममाया थापा, दिव्य राना, खिनाकुमारी सुवेदी, रीता थापा चयन भएको नेपाल महिला संघ भिमाद नगर समितिले जनाएको छ । नवनिर्वाचित वडा समितिलाई नेपाली कांग्र्रेस भिमाद नगर समितिका सभापति आनन्ददेव श्रेष्ठ, नेपाल महिला संघ भिमादका सभापति रोमाया थापा, नेपाली कांग्रेस भिमाद वडा नम्बर ५ का वडा सभापति रामबहादुर राना लगायतले बधाई ज्ञापन गर्नुहुर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।





