पोखरा १९ मंसीर – पोखरामा अहिले दक्षिण एशियाली खेलकुद चलिरहेको छ । पोखराको पूर्वाधार मात्र होइन खेलाडीलाई आवश्यक सामानको समेत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउन सकेको छैन । नेपाली खेलाडीको पीडा त छदैँछ विदेशी खेलाडीलाई समेत निकै समस्या पर्ने गरेको छ । खेल सामग्री अभावमै पनि नेपालको लागि स्वर्ण दिलाएका खेलाडीहरु व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन ।
पोखरामा भएका खेलमध्ये व्याडमिन्टन खेल पोखरामा भइरहेको छ तर व्यामिन्टन कर्भड हलमा खेल भइराखेकै अवस्थामा बारम्बार बत्ती गयो । यसले गर्दा खेल निकै बेर रोकियो । यस्तो देखेपछि विदेशी खेलाडी तथा अफिसियलहरुको एउटै शव्द निस्कन्छ,‘ व्यवस्थापन राम्रो भएन ।’
मंगलवार फुटबल मैदानमा दुई खेल सम्पन्न भए । खेल पछि प्रतिक्रिया दिने क्रममा नेपाल संग पराजित भएपछि श्रीलंकाली प्रशिक्षक डिफानी सफरसिन्हाले पनि मैदान एएफसी अनुसारको मैदान नभएको बताइन् । ‘हामस् आयौँ तर मैदान सोचे जस्तो भएन, हाम्रो आग्रह के छ भने तडकभडक होइन मैदान राम्रो बनाउनुस्’, उनले भनिन् । पोखरा फुटबल मैदानको अवस्था खेल खेल्ने छैन तर पनि खेल भने खेलाइएको छ ।
त्यस्तै भारतकी प्रशिक्षक मेमोल रक्कीले मैदानको अवस्था राम्रो नभएको बताइन । ‘हाम्रो लक्ष्य स्वर्ण जित्ने हो तर मैदान योग्य छैन’, उनले भनिन् । माल्दिभ्सका प्रशिक्षक मोहम्मद अतिफले पनि मैदान उपयुक्त नभएको बताए । यो विदेशी अफिसियलले गरेको गुनासो हो खेलाडीको पनि उही समस्या रहेको छ भने नेपालको लागि स्वर्ण दिलाउने खेलाडी पनि सन्तुष्ट देखिदैनन् आयोजकप्रति । नेपालको लागि पोखरामा भएको ट्रायथोलनमा इतिहास रच्ने सरु लिम्वुले राज्यले उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरिन । त्यस्तै दुवाथोलनमा स्वर्ण दिलाएका नेपालका हिमाल टमाटाले पनि आयोजकप्रति असन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
ट्रायथोलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकार्छन् । उनी भन्छन्– ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ’ उनले भने ।
राखेपले खेलाडीभन्दा पनि आफ्नो पदाधिकारीलाई क्ुनैपनि सेवा सुविधाबाट बञ्चित नगरेको देखिन्छ । पोखराका एक खेल पदाधिकारीले आयोजकलाई सबै सेवा सुविधा दिए पनि खेलाडीलाई भने सेवा सुविधा दिन आलटाल गरेको बताए ।
त्यस्तै अर्का पदाधिकारीले भने संघको खातामा अझै पनि पुरा रकम नहालिदिएको तर पदाधिकारीलाई भने विभिन्न शिर्षकमा सेवा दिएको बताए ।





