आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साझेदारी अनुदानमा बागलुङ क्षेत्र नं. १ मा १४ योजना छनौट

साझेदारी अनुदानमा बागलुङ क्षेत्र नं. १ मा १४ योजना छनौट

धौलागिरी अञ्चल अस्पतालमा ‘हाइकेयर युनिट’


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ,१९ मंसिर – स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौटमा परेका छन् । ती योजनाका लागि सबैपालिका सँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष राखिएको छ । हरेक निर्वाचन क्षेत्रका निर्वाचित प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा सबै पालिकाका प्रमुख सदस्य रहने कार्यक्रमले बागलुङ नगरपालिका भित्र २ करोड २५ लाख अनुदान दिने निर्णय गरेको छ । जस अनुसार भलाटाकुरा काप्रे कालीमाटी सडक कालोपत्रेका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै बाँझाखेत बोक्से खोलाखेत सडक स्तरउन्नतीका लागि ३० लाख, पाखे, भुजाकाटे निफन्नी सडक ३० लाख, बोक्सेखाल्टा खहरे सडक स्तरउन्नतीका लागि ३० लाख र सहिद स्मृति पार्क निर्माण गर्न वडा नं. ७ मा १० लाख रुपैयाँ बिनियोजन गरिएको हो ।

त्यस बाहेक धौलागिरी अञ्चल अस्पतालमा ‘हाइकेयर युनिट’ निर्माणका लागि ५० लाख र धौलागिरी बहुमुखी क्याम्पसमा बिद्युतीय पुस्तकालय निर्माण गर्न ५० लाख रुपैयाँ बिनियोजन गरिएको पाठकले बताए । यी सबै कामका लागि बागलुङ नगरपालिकाले ७५ लाखको योगदान गर्नुपर्ने प्रावधान छ । अस्पतालमा ए र बी ब्लक व्यवस्थापनका लागि गण्डकी प्रदेश सदस्य इनद्रलाल सापकोटाले ८ देखि १० लाख रुपैयाँ लगानी भित्राउने आश्वासन समेत दिएको अध्यक्ष केवी राना मगरले बताए ।

त्यस्तै काठेखोला गाउँपालिका तर्फ १ करोड २५ लाख अनुदान प्राप्त हुने बताइएको छ । त्यसमा गाउँपालिकाले २७ लाख ५० हजार लगानी थपेपछि १ करोड ६२ लाख रुपैयाँमा भिमापोखरा धम्जा, तंग्राम बिहुँ लेखानी रेश जोड्ने पहाडी चक्रपथ निर्माण गरिने भएको छ जैमिनी नगरपालिका तर्फ १ करोड ३५ लाख अनुदान र नगरपालिकाको १ करोड लगानी गरेर कुश्मीसेरा सरंगे सडक कालोपत्रे गर्न २ करोड लगानी गरिने निर्णय भएको हो । त्यस्तै पैयुँथन्थाप गैरापाटा खेल मैदानका लागि १० लाख र वडा कार्यालय छिस्ती देखि चाउकेवारी पैयुँडाडा केवै सडक निर्माण ग र्न २५ लाख रुपैयाँ बिनियोजन भएको हो ।

बरेङ गाउँपालिका तर्फ १ करोड १५ लाख अनुदान प्राप्त भएको छ । त्यसमा गाउँपालिकाले ५१ लाख लगानी गरेपछि बरेङ देखि नाम्दुक सडकमा १ करोड ३० लाख, काफलठुटा देखि घट्ट सुधाला सडकका लागि १८ लाख र बराहकोट देखि सुधालाचोक सडकका लागि १८ लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->