आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ महोत्सवको तयारी तिब्र

बागलुङ महोत्सवको तयारी तिब्र


  • Dhorpatan News
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ,१९ मंसिर – ‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ आगामी पौषमा सञ्चालन हुन लागेको बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । पुस ११ गतेदेखि २० गतेसम्म धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवका लागि प्रायोजकदेखि सहयोगीहरु सँगको भेटघाटलाई मुल आयोजक समितिले तिब्र बनाएको हो ।
संघको मुख्य आयोजनामा हुने महोत्सवका लागि बिभिन्न उपसमिति गठन र जिम्मेबारी हस्तान्तरणको काम पनि भैरहेको छ । संघले जिल्ला तथा आसपासका जिल्लाका स्थानीय सरकार प्रमुख, सरोकारवाला र सहयोगीहरुसँग परामर्श र सल्लाह सुझाव संकलनको काम गरिरहेको महासचिव नरेश कँडेलले बताए ।
महोत्सवको अवसरमा आयोजना गरिएका प्रतियोगित्तमक कार्यक्रम तथा प्रदर्शनीका कार्यक्रमको तयारी समेत सुरु भैसकेको छ । महोत्सव आयोजक समितिका सदस्यहरु सँगको भेटघाटका क्रममा बागलुङका स्थानीय सरकार प्रमुखहरुले महोत्सव मनोरञ्जनको साधनभन्दा पनि परिणाममुखी बनाउन सुझाएका छन् । यस पटकको महोत्सवमा आम्दानीले स्थापना गर्न लागिएका अक्षयकोष र बिभिन्न सामाजिक संस्थालाई गर्ने सहयोग तथा सिसि क्यामेरा जडान र मर्मतको उद्देश्यलाई उनीहरुले सकारात्मक भनेका छन् ।
महोत्सको बिषयमा जानकारी गराउन पुगेका आयोजकसँग बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलु्ङ महोत्सवलाई सबै मिलेर परिणाममुखी बनाउनु पर्ने विचार व्यक्त गरे । बागलुङ नगरपालिकालाई व्यवसायीक गन्तव्य बनाउनको लागि लगानीको क्षेत्रको पहिचान, व्यवसायीक सहकार्य, रोजगारी सिजना, स्थानीय उत्पादनलाई बजारीकरणको लागि उद्यमीलाई उत्साह भर्नेदेखि वस्तु निर्यात सम्मको काममा नगरपालिकाले सहकार्य गर्ने र महोत्सव उक्त कामको लागि उपयुक्त थलो भएको नगरप्रमुख पौडेलको भनाई थियो ।
महोत्सवलाई सफल बनाउन नगरपालिका आयोजकसँग मिलेर अगाडि बढ्ने विचार पौडेलले राखेका थिए ।
सो अवसरमा संघका अध्यक्ष युवराज राजभण्डारीले महोत्सव हामी सबैको लागि व्यापार प्रबद्र्धनको गर्न, लगानी भित्राउन र आन्तरिक पर्यटक प्रर्वद्वनको माध्यम भएकोले यसको सफलताको लागि नगरपालिकासँग सहकार्य गर्न लागेको बताए । उनले जस्तै अन्य स्थानीय तहका प्रमुखहरुले पनि सकरात्मक सुझावहरु दिईरहेको महासचिव कँडेल बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले महोत्सव र लगानी गोष्ठी सफल बनाउन नगरपालिकासँग मिलेर अगाडि बढ्न लागेको बताए । महोत्सवमा हुने कार्यक्रमको बारेमा संघका महासचिव नरेश कँडेल, कोषाध्यक्ष श्रीजय श्रेष्ठ र सदस्य विदेश कुमार श्रेष्ठले जानकारी दिएका थिए ।
महोत्सव सफल बनाउन बनाईएका उप–समितिहरुले पनि आ–आफ्नो कामलाई तिब्र बनाएको सचिवालयले जनाएको छ । सरोकार राख्ने र महोत्सवसँग जोडिएका बिषयमा छलफल तथा तयारी थालिएको हो । छिमेकी जिल्लाका उद्योग बाणिज्य संघ सँगको सहकार्य र उद्योग बाणिज्य महासंघसँग समेत सहयोग लिएर यो महोत्सव परिणममुखी बनाउन लागिरहेको अध्यक्ष राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->