शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डिग्निटी कलेज टिम बि र कालिका कन्या माविको विजय सुुरुवात

डिग्निटी कलेज टिम बि र कालिका कन्या माविको विजय सुुरुवात


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ,१९ मंसिर – बागलुुङको बाङ्गेचौरमा बुुधवारदेखि चौथो गरिमा च्याम्पियनसिप ट्रफी तथा अन्तर विद्यालयस्तरीय क्रिक्रेट प्रतियोगिता सुरु भएको छ ।
पहिलो दिनको खेलमा गरिमा आवासीय टिम बी र कालीका कन्या माविले विजय सुुरुवात गरेका छन् । बुुधवार भएको पहिलो खेलमा डिग्निटी कलेज बीले न्यूओएसिसलाई ७७ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको आयोजक डिग्निटी कलेजले १५ ओभरमा १० विकेट गुुमाउदै १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष्य पाएको न्यूओएसिस आवासीय माबिले १० ओभरमा १० विकेट गुमाउँदै ६८ रनमा सिमित भयो । न्यूओएसिस माबिले १८ रन बनाउँदा ५ विकेट गुुमाएको थियो । ओएसिसका सोम पुुनले २२ रन बनाउनुु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । डिग्निटी कलेजको जीतमा रज्जन खत्रीले २९ र पवन थापाले २५ रन बनाएका थिए भने रन्जन खत्रीले ३ विकेट लिएका थिए । प्रतियोगितामा रन्जन खत्री म्यानअफ द म्याच घोषित भए ।
कालीका कन्या मन्दिरले दोस्रो खेलमा विद्यामन्दिर माविलाई ९७ रनले हराएको छ । टस हारेर व्याटिङको निम्तो पाएको कालीकाले १५ ओभरमा ५ विकेट गुुमाउँदै १ सय ५८ रन बनाएको थियो । १ सय ५९ रनको लक्ष्य पछ्याएको विद्यामन्दिरले १० ओभरमा १० विकेट गुुमाउँदै ६१ रनमा सिमित भयो । विद्यामन्दिरका दिपेन्द्र शर्माले टिमका लागि सर्वाधिक १५ रन बनाउनुु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
कालिका कन्याको जीतमा नविन केसीले ५५ र सन्दिप पन्तले ४० रनको योगदान गरे । विद्यामन्दिरका इर्फान अलीले तीन विकेट लिएका थिए । प्रतियोगितामा कालीका कन्याका नविन केसी म्यानअफ द म्याच घोषित भएका थिए । २२ गतेसम्म सञ्चालन हुुने प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुुने टिमले ४४ हजार ४ सय ४४ , द्वितिय हुुनेले २२ हजार २ सय २२ र ट्रफि मेडल प्रमाण पत्र पाउनेछन् । विहिवार ४ खेल हुुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटनपछि बोल्दै बागलुुङ नगरपालिकाका प्रमुुख जनकराज पौडेलले अन्तर विद्यालयस्तरीय प्रतियोगिताले समग्र खेल क्षेत्रको विकास गर्ने बताए । कार्यक्रममा जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धनबहादुुर परियारले पनि बोलेका थिए । कार्यक्रममा नगरप्रमुुख पौडेलले बलिङ र जिल्ला प्रहरी कार्यालय बागलुुङका डिएसपि झविन्द्रप्रसाद भट्टराईले व्याटिङ गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनका अबसरमा भएको जिल्ला क्रिक्रेट विकास समिति बागलुुङ र बागलुुङका विभिन्न विद्यालयका शिक्षकबीचको खेलमा शिक्षक समूह विजयी भएको थियो । कार्यक्रम डिग्निटी कलेजका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता, प्रिन्सिपिपल श्यामप्रसाद शर्माको स्वागत र सचिव गणेशप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->