आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जनप्रेममा ८ कोठे पक्कि भवनको शिलान्यास

जनप्रेममा ८ कोठे पक्कि भवनको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ, १९ मंसिर – देशका बिभिन्न पहाडी जिल्लाहरुमा विद्यालय भवन बनाउँदै आएको द पहार ट्रष्ट नेपालको समन्वयमा ग्रो योवर एजेन्सीले बागलुङको ताराखोला गाउँपालिका–१ मा विद्यालय भवन निर्माणको काम थालेको छ । जनप्रेम माध्यमिक विद्यालयमा ८ कोठे पक्कि भवनको बिहिबार एक सामारोहका बिच शिलान्यास गरीएको छ । विद्यार्थीहरुलाई सुविधा सम्पन्न भवनमा राखेर गुणस्तरीय शिक्षा प्रदानका लागि भन्दै एजेन्सीले भवन निर्माणको काम थालेको हो । ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्षका साथ ट्रष्टका संयुक्त राज्य अमेरीका संयोजक इमान ग्याट्रीले भवनको शिलान्याश गरे । पहाडी जिल्ला हरुमा रहेको भवनको समस्या समाधान गर्न आफ्नो ट्रष्ट र ग्रो योवर एजेन्सीले संयुक्त रुपमा विद्यालय भवनहरु निर्माण गरीरहेको उनले जानकारी दिए । ९२ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन बिद्यालयका लागि आफ्नो तर्फबाट सानो सहयोग भएको उनको धारणा थियो । ट्रष्टका प्रोपाउण्डर चियरमेन चन्द्र गुरुङको पहलमा उक्त भवन निर्माण थालिएको हो ।
यस अघि देशभर २२ वटा सोही प्रकृतिका भवन निर्माण गरेको ट्रष्टले यस बर्ष निर्माण गर्न लागेका ८ वटा भवन मध्ये एउटा भवन ताराखोलामा निर्माण गर्न लागेको गुरुङले बताए । शिलान्याश कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले शिक्षा क्षेत्रमा पालिकाले लगानी बढाएको भन्दै गुणस्तरीय शिक्षा प्रदानका लागि नीतिगत तवरमा कुनै पनि समस्या रहन नदिएको बताए ।

सामुदायीक विद्यालयहरुको क्षमता विकासमा सहयोगीहरुको भुमिका पनि रचनात्मक हुने भन्दै घर्तीले जनप्रेममा भवन निर्माण गर्न लागेको ट्रष्ट र एजेन्सी दुवैलाइ धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरिमयाा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक टेक बहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->