शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चौथो गरीमा च्याम्पियन्स ट्रफि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता जारी

चौथो गरीमा च्याम्पियन्स ट्रफि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता जारी


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ, १९ मंसिर– चौथो गरीमा च्याम्पियन्स ट्रफि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन बिहिबार तीन खेल सम्पन्न भएका छन् । बाङ्गेचौर खेलमैदानमा सम्पन्न खेलमा अमर आर्दश माध्यमिक विद्यालयले धौलागिरी बहिरा आवसिय माध्यमिक विद्यालयलाई १० विकटले पारजीत गरेको छ । टस जितेर पहिले व्याटिङ रोजेको बहिरा आवसिय विद्यालयले १५ ओभर खेल्दै ३ विकेटको क्षतीमा ५७ रन जोड्न सफल भएको थियो । ५८ रनको लक्ष्य लिइ जवाफी ब्याटिङमा ओर्लिएको अमर आर्दशले विना कुनै विकेटको क्षतीमा आफ्नो लक्ष्य हाँसिल गर्न सफलभयो । आर्दशको लागि रविन कार्की र कृष्ण खड्काले उत्कृष्ट व्याटिङ गरे । खेलको म्यान अफ दि म्याच अमर आर्दशका वलर गणेश थापा घोषित भए । उनले ३ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिएका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा आयोजक गरिमा आवसिय माध्यमिक विद्यालय टिम ‘ए’ले भिमसेन माध्यमिक विद्यालय विहुँलाई १७३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको आयोजक टोलीले १५ ओभर पुरै खेल्दै २१८ रन जोड्न सफल भयो । आयोजक टोलीका लागि विजय विकले शतक प्रहार गरे भने विजय शर्माले अर्धशतक प्रहार गरे । जवाफी व्याटिङमा मैदान ओर्लिएको भिमसेन माविले पुरै विकेट गुमाउदै मात्र ४५ रन बनाउन सफल भयो । भिमसेन माविलाई ४५ रनमा समेट्न अभिषेक सिंह, राजु थापा, उत्तम सापकोटा र जगत सापकोटाले समान २÷२ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सतकिय पारी खेलेका विजय विक भए । बिहिबारको अन्तिम खेलमा कुँडुले माविवले सनराइज बोर्डिङ स्कुल माथि ३६ रनको जित हाँसिल गरेको छ । टस जितेर व्याटिङ रोजेको कुँडुले माविले ७ विकेटको क्षतीमा ११४ रन बनाउन सफलभयो । जवाफी व्याटिङमा गरेको सनराइज बोर्डिङ स्कुलले सवै विकेट गुमाउँदै मात्र ७८ रन बनाउन सफल भयो । जित संगै तिनै टोली अर्को चरणमा प्रवेश गरेका छन् । शुक्रबार हुने खेलहरुमा चिल्ड्रेन लाइफ बोड्रिङ स्कुल र तित्याङ मा.वि, गरिमा आवासिय माध्यमकि विद्यालय ‘वि’ र फ्युचर ब्राइटर विच हुने खेलका संयोजक डिल के.सीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->