शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोही हलभित्र परिक्षा दिँदै, कोही नाराबाजी गर्दै

कोही हलभित्र परिक्षा दिँदै, कोही नाराबाजी गर्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७६, शुक्रबार

पोखरा, २० मंसिर – गण्डकी मेडिकल कलेजका केही विद्यार्थीहरुले एमबिबिएस प्रथम वर्षको जाँच दिएका छन् । आजदेखि जाँच सुरु भएको हो । यहाँ ९५ जना रेगुलर विद्यार्थीसहित कुल एक सय पाँच जना विद्यार्थीहरुले परिक्षा फर्म भरेका थिए ।
तर, अन्यत्र झैँ यहाँ पनि एमबिबिएस परिक्षा बहिष्कार गर्ने विद्यार्थीहरुले तयारी गरेका थिए । जसमा सबैजना सहमत हुन सकेनन् । कलेजका प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठका छोरा पनि जाँचमा सहभागी भएका छन् ।
“जाँच दिने÷नदिने विद्यार्थीहरुको कुरा हो । मेरो छोरा पनि जाँच दिने, छोराको जाँच भएपछि म इन्भल्भ हुन नपाउने, मेरो छोराले त जाँच दियो नि, जाँच त दिने नै हो उनीहरु । मेरो छोरा लगायतका १९ जनाले एमबिबिएसको जाँच दिएजस्तो लाग्छ मलाई । उनीहरु त जाँच दिने नै हुन ।” उनले भने ।
जाँच बहिष्कारको विषयमा नै बिहिबार नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । क्याम्पस प्रशासनले जाँच दिने विद्यार्थीलाई डिष्टर्ब गरेका कारण प्रहरीले लगेको बताएको छ ।
“परिक्षा हामीले लिने होइन, आइओएमबाट लिने परिक्षा हो, प्रश्नपत्र पनि उतैबाट आउने हो । केही विद्यार्थीहरु परिक्षा दिन गए, विद्यार्थीले जाँच दिन भनेर नै फर्म भरेका हुन, फर्म आफैले भरेका हुन, कतिजनाले जाँच बहिष्कार गर्ने भनेका हुन, केही सिनियरहरु आएर ढोका फोरेर सिसा फोरे, सूचना निकालेपछि दिन पाउने अधिकार पनि हुन्छ, जाँच दिन जाँदाखेरि कपी च्यात्न बाहिरबाट गएका विद्यार्थीहरुलाई नै प्रहरीले पक्राउ गरेको हो ।” श्रेष्ठले बताए ।
उनका अनुसार बिएस्सी नर्सिङका सबैले परिक्षा दिएका छन् । बिएनसतर्फका विद्यार्थी पनि परिक्षामा सहभागी भएका छन् । श्रेष्ठका अनुसार बिएनको परिक्षा दिन छुटेकाहरुले पुन परिक्षाको मागसहित चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा निवेदन दिएका छन् ।
उनले यतिमात्र भनेन, गण्डकी मेडिकल कलेजका प्रथम र दोश्रो वर्षका विद्यार्थीसँग कुनै समस्या नै नरहेको समेत बताए । जुन कुरा विद्यार्थीहरुको माग र परिक्षा बहिष्कार गर्नुको कारणसँग मिल्दैन ।
श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा प्रथम वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क नै नलिएको बताए ।
“प्रथम वर्षसँगको समस्या नै छैन, लिएका नै होइनौँ, तर चारपाँच जनाको चाहिँ आएको छ रे त्यो पनि समायोजन गर्छौँ भनेका छौँ । कतिको त गरि पनि सकेका छौँ । प्रथम र दोश्रो वर्षका विद्यार्थीहरुको ।” उनले थपे, “पुरानाको हकमा छानविन गर्न आयोग गठन गर्ने भनेको छ । आयोग गठन भएको पनि छैन् । त्यसका आयोग गठन भएर छानविन गरेपछि बल्ल हुने हो ।”
यता, १० मंसिरमा सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको मात्रै पहिलो र दोस्रो वर्षको शुल्क फिर्ता या समायोजन गर्ने गरी कलेज सञ्चालकसँग सहमति गरेको थियो । विद्यार्थीले भने सबै संकायका सबै ब्याचमा उठाएको बढी शुल्क फिर्ता गरे मात्र परीक्षामा सहभागी हुने माग गर्दै आएका थिए । यसअघि २१ कात्तिकमा तय भएको परीक्षा विद्यार्थी आन्दोलनकै कारण एक महिना धकेलिएको थियो ।
सोही कारण बिहिबार कलेज परिसर आन्दोलनग्रस्त रह्यो । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ पनि ग¥यो ।
पक्राउ परेका एक विद्यार्थीले परिक्षापत्र पनि आउट भइसकेको र कलेज सञ्चालक, प्रिन्सिपलका छोराछोरी सहित जम्मा पाँचजनाले मात्र जाँच दिएको बताए ।
शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->