शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्कीमा टुंगियो प्रेस संगठनको एकता

कास्कीमा टुंगियो प्रेस संगठनको एकता


  • ढोरपाटन संबाददाता
  • मंसिर २० २०७६, शुक्रबार

पोखरा, २० मंसिर – प्रेस संगठन नेपाल कास्कीामा संयोजक, सहसंयोजक र सदस्यहरुको टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरेको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक सदस्यहरुको टुंगो लागएर प्रदेश कमिटीमा सिफारिस गरिएको हो । जिल्लाले पठाएको नामलाई प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ ।

दुबै संगठनको बिहीबार भएको संयुक्त बैठकले एकता प्रक्रिया टुंग्याएको हो । प्रेस संगठन कास्कीको संयोजकमा साविक प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बराल र सहसंयोजकमा प्रेस सेन्टर कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठसहित बैठकले ४१ सदस्यीय कमिटी बनाएर प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

संगठनको जिल्ला सदस्यहरुमा रामजी लम्साल, अर्जुन गिरी, मोतीसागर अधिकारी, राजाराम पौडेल, कृष्णराज आचार्य, दीपक पौडेल, गौरव त्रिपाठी, दुर्गाप्रसाद शर्मा, प्रभु अधिकारी, दीलप्रसाद गुरुङ, खिमाकुमारी गुरुङ, गंगा मरासिनी, सुरेश सुनार, विष्णु सापकोटा, गणेशकुमार श्रेष्ठ, जीवन सुवेदी, कमल सुवेदी, रञ्जन अधिकारी, कञ्चन थापा, जैनव खातुन, तारा चापागाईं, सुमन थापामगर छन् ।

त्यसैगरी दीपक परियार, घनश्याम, पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ, कृष्ण दवाडी, भीम थापा, लक्ष्मी सुनार, उमा आले मगर, सुशीला क्षेत्री, पुष्प दाहाल, प्रकाश अधिकारी, गीता राना, हेमराज अधिकारी, शोभा बराल, नारायण साही ठकुरी, बिनु थापा, सिलास केसी रहेका छन् । केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटी गठन गरिएको हो । जिल्ला कमिटीको नामावली प्रदेश कमिटीमा बिहीबार नै पठाइएको प्रेस संगठन कास्कीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->