शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण


  • ढोरपाटन संबाददाता
  • मंसिर २० २०७६, शुक्रबार

पोखरा, २० मंसिर – १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ । पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन् । यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।
नेपाल प्रहरीका विकास थापाले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४६ सहित कुल २६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे ।
छनोट चरणमा उनको नाममा स्न्याचमा १२२ र क्लीन एण्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए । थापा १२ औं संस्करणका रजत विजेता पनि हुन् ।
८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते । उनले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४५ गरी कुल २६८ केजी तौल उठाउँदै रजतमा सीमित भएका हुन् । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन् ।
यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए । उनले स्न्याचमा १४२ केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १४० केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१६ केजी भार बहन गरे । श्रीलंकन खेलाडी भिसिजि विदाङ्गेले कास्य पदक हात पारे । उनले स्न्याचमा १२८ केजी र क्लीन एण्ड जर्कमा १६० केजी गरी २८८ भार बहन गरे । जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।
साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ । जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ ।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन् । बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए ।
चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०÷१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ । हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->