बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण

कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण

संगीताका खुसीका आँसुमात्र झरेनन् उनी भावुक भएर रुनै थालिन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७६, शनिबार

जनकपुरधाम, २१ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितिन्। कुस्तीमा नेपाललाई स्वर्ण दिलाएकी संगीता जितपछि खुसी हुनै सकिनन्। उनी स्वर्ण जितेसँगै भावुक भइन्। संगीताका खुसीका आँसुमात्र झरेनन् उनी भावुक भएर रुनै थालिन्। संगीता भक्कानिएर रोएपछि उनलाई प्रशिक्षक र सहयोगीले सम्हाल्नु परेको थियो।
जनकपुरस्थित हबर्ड हलमा संगीता भावुक हुँदा खुसीले हुटिङ गरिरहेका दर्शकसमेत केही समय भावुक बने। शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा संगीताले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गरेकी हुन्। स्वर्ण विजेता संगीता महेन्द्रनगरकी हुन्।
काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेलकुद भइरहेका छन्। जनकपुरमा भने कुस्तीका खेल राखिएको छ। मंसिर १५ गते उद्घाटन भएको सागको समापन मंसिर २४ गते हुँदैछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->