शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भलिबल छाडेर ह्याण्बल खेल्न थाले : उमा राई

भलिबल छाडेर ह्याण्बल खेल्न थाले : उमा राई


  • विजय नेपाली
  • मंसिर २१ २०७६, शनिबार

पोखरा,२१ मंसिर – नेपाली महिला टोलीको मुख्य खेलाडी हुन उमा । ह्याण्बलमा निकै जमेकी उमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि मुख्य खेलाडी मात्र होइनीन् नेपाललाई फाइनलमा पु¥याने खेलाडी पनि हुन ।
शनिवार सम्पन्न सेमिफाइनल खेलमा आफ्नै खेल बाट असन्तुष्टि भएकी उमा ह्याण्बल खेल्न थालेको ६ वर्ष वितिसक्यो । एपिएफ बाट खेल्ने उमा एपिएफबाटै भलिबल समेत खेल्ने गर्थिन । आफ्नो उचाई कम भएको कारणले नै आफु ह्याण्बलमा आएको बताउछिन् ।
“मैले एपिएफबाट भलिबल खेल्थे तर मेरो उचाइ कम भएकाले मलाइ समस्या भयो र ह्याण्बल तिर आए”उमाले भनिन् । साच्चै नै उमालाई भलिबलले भन्दापनि ह्याण्बलले अघि बढायो ।
“ह्याण्बलमा आएर मलाई दुःख लागेको छैन किनभने मैले प्रगति गर्दै छु , भलिबल पनि एकदमै मनपर्ने खेल हो तर भलिबल भन्दा फरक खेल हो ह्याण्बल पावर,टेक्निक खेल हो अलि फुलपावर भएको खेल पनि हो, भलिबलमा धेरै फिजिकल गरेकै भएर बलियो भएको हुँ ” उमाले भनिन्

१३ औँ सागमा नेपालको सर्वाधिक गोल गर्ने खेलाडी उमा गाउँबाट काठमाडौँ पढ्नलाई झरेकी थिईन पढाई संगै खेलमा समेत निकै रुचि राख्ने उमा भलिबलमा समेत राम्रो खेलाडी भएकै कारण एपिएपबाट खेल्ने गरेकी हुन ।
अरु खेलाडीमा भन्दा बढि बल भएका कारणले गर्दा पनि उमालाई ह्याण्बल तर्फ झन राहत मिल्यो र पावर प्लेयरको रुपमा समेत चिनिने उमा अबको पुस्ता ह्याण्डबल नखेल्ने हो की भन्ने चिन्तामा छिन । “अब त खेलाडी समेत पाइदैँन होला, सबै खेल हुने गरेपनि ह्याण्बलको खेल भने निकै कम हुने गर्छ, हामि पछि खेलाडी नै छैनन् राज्यले यसबारे सोच्न पर्छ” उमाले भनिन् ।
खेलाडीलाई राज्यले जागिरको व्यवस्था गरिदिनुपर्ने उनले बताइन । विभागीय बाट खेल्ने खेलाडीलाई केहि मात्रामा भने पनि राहत छ तर अरु खेलाडीलाई भने केहि छैन । सरकारी क्षेत्र भएकाले खान लगाउन पुग्छ तर कमाई छैन राज्यले खेलाडीको लागि न्याय गरे, उत्कृष्ट खेल खेल्थे ” उमाले भनिन् ।अवसर हामिले पाउँछौ, दक्षिण एशियामा नेपाल कम छैन मेडल टच हुन्छ तर हाम्रोमा खेलाडी आएन हामि भन्दा पछाडी नयाँ खेलाडी खासै आएको छैन त्यही भएर खेल हुन प¥यो तवमात्र धेरै अवसर प्राप्त हुन्छ उनले भनिन् ।
बाहिरी क्लबहरु नै छैन खेल्छु भने पनि पाइदैन त्यसैले गर्दा समस्या छ हामि सरकारी क्लववाट खेल्ने भएको भएर हो । अरुलाई छैन घरबाट रकम पठाएर पुग्दैन सरकारले जागिर खोजिदिन प¥यो खेलाडीको मनोबल बढाउन सकेखेलमा लोकप्रियता आउँछ ” उनले भनिन् ।
ह्याण्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा
आफ्नै खेलबाट चित्त दुखेको छ ः उमा
पोखरा, घरेलु भूमीमा आयोजना गरेको १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।
शनिबार भएको महिलातर्फको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । पाकिस्तान विरुद्धको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २२–२१ अन्तरको गोलले नेपाली महिला टोली फाइनलमा पुगेको हो ।
नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसंग खेल्ने छ ।
यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

पाकिस्तान संगको खेलमा आफ्नै खेलबाट चित्त दुखेको नेपालकी खेलाडी उमा राईले बताइन् । “आजा साथिहरुले पनि खेल्न सकेनन् , मेरो खुट्टामा समस्या भएकाले पनि खेल्न सकिन ,अर्को खेलमा राम्रो गर्ने प्रयास गर्छु फाइनलको लागि सय प्रतिशत नै खेल्ने छौँ ” राईले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->