शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गरिमा कपको उपाधी फ्युचरलाई

गरिमा कपको उपाधी फ्युचरलाई


  • ढोरपाटन संबाददाता
  • मंसिर २२ २०७६, आइतबार

बागलुङ, २२ मंसिर – चौथो गरिमा कप च्याम्पियन ट्रफी अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी फ्युचर ब्राइटर बोर्डिङ स्कुले जितेको छ ।
बागलुङको बाङगेचउर मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा फ्ययुचर ब्राइटर बोर्डिङ स्कुलले साबिक बिजेता एवं आयोजक गरिमा आवसीय माध्यमिक विद्यालय ‘ए’ लाई ८ विकेटले हराउँदै उपाधी हात परेको हो । टस जितेर पहिले व्याटिङ रोजेको गरीमाले ३ विकेट गुमाउँदै १ सय १५ रन जोड्न सफल भएको थियो । गरिमाकोलागि विजय वि.कले ६० रन र पासिङ पुनले २८ रन बनाएका थिए । फ्युचरका लागि सन्देश खड्काले २ विकेट लिए । जवाफी व्याटिङमा ओर्लिएको फ्युचरले २ विकेट गुमाउँदै १० ओभर ३ बलमा १सय १६ रनको लक्ष्य पुरा गर्न सफल भयो । फ्युचरका लागि रमेश बस्नेतले ६२ रन र दिपक कुँवरले ४८ रन जोड्न सफल भएका थिए । अबिजित ६२ रन जोडेका रमेश बस्नेत फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा ‘म्यान अफ दि सिरीज’ गरिमाका व्याटसम्यान विजय वि.क, ‘वेष्ट व्याटसम्यान’ फ्युचरका रमेश बस्नेत, ‘वेष्ट बलर’ गरिमाका राजु थापा र ‘इमोर्जिङ प्लेयर’ कुँडुले मा.विका जस्मिन थापा हुन सफल भएका थिए । प्रतियोगिता बिजेताले ४४ हजरा ४ सय ४४ रुपौयाँ नगद र ट्रफी जितेको छ । उपबिजेता गरिमाले २२ हजार २ सय २२ रुपौयाँमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->