शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७६, मंगलबार
k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}F !) sflQs -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ch/a}hfgsf] afs'df ;DkGg c;+nUg cfGbf]ngsf] !* cf}F lzv/ ;Dd]ngdf ;xefuL eO{ cfOtaf/ :jb]z kmls{Pkl5 lqe'jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{nfO{ e|d0faf/] hfgsf/L lbFb} . t:jL/ M rGb|snf If]qL

काठमाडौं, २४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए।
सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन् । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उनले भने । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालको भनाइ छ । उनले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताए।
सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गरे। मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मङ्गलबार समापन हुँदैछ । उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये आठ हजार टिकट बिक्री भइसकेको उहाँले जानकारी दिए। दक्षिणतर्र्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको सिलवालको भनाइ थियो ।
समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ । उक्त खेलमा भूटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ । समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था गरिएको सदस्य सचिव सिलवालले उल्लेख गरे। उनले पूर्वराष्ट्रिय खेलाडी, अन्य खेलका अन्तरराष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायतका लागि रङ्गशालामा सम्मानजनक प्रवेश र बस्ने व्यवस्था गरिने बताए।
दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । समापन समारोह झण्डै डेढ घण्टाको हुने सिलवालले बताए। समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->