शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण, भुटान उपविजेता

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण, भुटान उपविजेता

नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।


  • Dhorpatan News
  • मंसिर २४ २०७६, मंगलबार

काठमाडौं, २४ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ। पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो। पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन्।
१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए। खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो। ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो।
नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो। मंगलबारको विजयसँगै नेपालले फुटबलमा लगातार सागमा दुई सिजन स्वर्ण जितेको छ। आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो। नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->