बागलुङ, २५ मंसिर – ‘समानताको पुस्ता-बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मुल नाराका साथ बडिगाड गाउँपालिाकाले सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरी २९ औँ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।
बडिगाड गाउँपालिका गाउँकार्यपालिकाको आयोजना तथा सुआहारा कार्यक्रमको समन्वयमा अभियानको अन्तिम दिन मंगलबार गाउँपालिका कार्यालय खारबजारमा दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबम् बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले महिला विरुद्ध हुने गरेका सबै खाले हिंसा अन्त्य गरी स्वस्थ समाज निर्माणका लागि शहरदेखि ग्रामीणबस्तीसम्म जनचेतना फैलाउन आवश्यक रहेको बताए । त्यसकालागि बिद्यार्थी, शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने बताए ।
अध्यक्ष पाइजाले महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउनु यो अभियानको उद्देश्य भएको स्पष्ट पारे ।
कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं ९ का अध्यक्ष कृष्ण केसी, सुआहारा कार्यक्रमका फिल्ड सुपर्भाइजर देबि घर्ति, खार माबीका शिक्षक कृष्ण भट्टराई, ओम शान्ति बडिगाडकी ब्राह्माकुमारी सुनन्दा लगायतले अभियानका वारेमा वोलेका थिए । कार्यक्रम महिला तथा बालबालिका शसक्तिकरण केन्द्रका अध्यक्ष बिना थापाको अध्यक्षता, सचिव मायाँ केसीको स्वागत मन्तब्य तथा कार्यपालिका सदस्य मिना कुमारी रायमाझीको संञ्चालनमा सम्पन्न भएको थियो ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले खार माबिमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु सहित बिद्यालयबाट बजार परिक्रमा गरी गाउँकार्यपालिकाको कार्यलयमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो ।





