पोखरा २७ मंसीर – गत हप्ता लेकसाइडको एक होटलमा रकम असुल गरेको आरोप लागेका वडा प्रहरी कार्यालय बैदाम मातहात सादा पोशाकमा खटिने प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर रोकालाई कसुर अनुसारको कार्वाहि गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताएका छन ।
पोखरा लेकसाइडबाट रकम असुल गर्दै आएका असई रोका पक्राउ परेका हुन । लेकसाइड क्षेत्रमा खटाइएका असई रोकाले लेकसाइडको एक होटलबाट रकम असुल्दै गरेको सिसिटिभि क्यामेरामा कैद भएको देखिएको छ । यति मात्र होइन उनले फोनमा समेत रकम लिने कुरा गरेको अडियो समेत बाहिर आएको छ ।
रकम उठाउने गरेको भन्दै प्रहरीले अहिले विभागीय कार्वाहिको तयारी थालिराखेको प्रहरी स्रोतले बताए । प्रहरी प्रवक्ता केसीले भने रोका माथि अनुसन्धान भइराखेको बताएका छन । रोकाको कसुर केहो भनि हाल अनुसन्धानको क्रममा रहेको र विभागीय कार्वाहि समेत गरिने उनले बताए ।
सादा पोशाकका असई रोकाले लेकसाईडको होटलहरुमा विगत एक दसक देखि सादा पोसाकमै रकम उठाउदैँ आइरहेको स्रोतले बताए । उनी बैदाम क्षेत्रमा घुमुवाका इन्चार्ज समेत हुन । रोका विरुद्ध गुनासो बढेपछि उनलाई प्रहरीकै सशस्त्र गणमा पठाइएको थियो । त्यपछि पुन सेटिङ मिलाएर रोका बैदाममै फर्किएको स्रोतको दाबि छ ।
रातको समयमा सञ्चालनमा आउने लेकसाईडका डान्सवार,क्याफे, रेस्टुरेण्ट, लज तथा यौन व्यवसायीसंग समेत उनले धम्काउदै रकम असुल्ने गरेका छन । लामोे समय देखि व्यवसायीले गुनासो गरेपनि प्रहरीको धम्कीको कारण बाहिर आउन नसकेको प्रहरी स्रोतकै दाबि छ । यसरी उठाएको रकम माथिल्लो तह सम्म नै पुग्ने गरको स्रोतको दाबि छ ।
लेकसाइडमा राति सम्म खोल्न प्रहरीको तर्फ बाट कुनै बाधा नहुने भन्दै रकम असुल्ने गरको स्रोतले बताए । सार्वजानीक भिडियोमा रोकाले एक डान्सबारका कर्मचारीको हातबाट रकम लिएको देखिएको छ भने अडियामा दुई महिना देखिको रकम दिन बाकिँ रहेको र सबै कुरा फोनमा बताउन नमिल्ने बताउँदै आफुहरुको कुरा बाहिर नल्याउन समेत भनेका छन ।
फोन रेकर्डमा रोकाले कतिबेला कहाँ आउँने भनरे पछि भन्नेर समेत सोधेका छन । उनले फोनमा भनेका छन – दिनत दुई महिनाको छ, अब मिलाएर दिनुन फोनमा होइन भेटेरै कुरा गरौला नि, बरु तपाई हाम्रो कुरा बाहिर उस नहोस है ।
पोखरामा रहेका सादा पोशाकका प्रहरीहरु यतिबेला रकम लिने गरेको भन्दै पक्राउ पर्ने गरेका छन । यस अघि पनि पोखराको लेकसाइडकै एक होटलमा जुवा खेल्नेलाई पक्राउ गर्न गएका प्रहरीले नै रकम लुकाएको भन्दै प्रहरी असई सन्तोष सुवेदीको कमाण्डमा खटिएका प्रहरी मध्ये इन्चार्ज सुवेदी सहित अन्य दुई जनालाई पक्राउ गरी विभागीय कार्वाहि गरिएको थियो ।





