शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सिर्जनाचोकमा आकाशे पुलको शिलान्याश

सिर्जनाचोकमा आकाशे पुलको शिलान्याश


  • ढोरपाटन संबाददाता
  • मंसिर २७ २०७६, शुक्रबार

पोखरा,२७ मंसिर – पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण गरिने भएको छ। उक्त पुलको शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शिलान्याश गरेका छन ।शिलान्याश कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले पोखरालाइ व्यबस्थित शहरको रुपमा विकास गर्न ठोस योजनाका साथ अघि बढ्नु जरुरी रहेको बताए । विकासको पूर्वाधार निर्माण गर्दा लामो समयसम्म हुने गरि निर्माण गर्नुपर्नेमा जोड दिदै सोही अनुसारको पुल निर्माण गर्न गुरुङले आग्रह गरे । मुख्यमन्त्री गुरुङले बढ्दो सवारी साधन र चापलाई मध्यनजर गर्दै सडकहरु ४ लेनको बनाउने उद्देश्य सहित प्रदेश सरकार लागेको बताए । पोखराको सवारी व्यवस्थापन गर्न ४ लेनका सडकहरु, विभिन्न स्थानमा आकाशे पुल र व्यबस्थित पार्किङका योजनालाई तत्काल सुरु गर्न नसकेमा पोखरा अस्तब्यस्त हुने भएकोले संघ सरकारको साथ लिएर प्रदेश सरकार र महानगर अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा अर्थ विकास समितिका सभापति दीपक कोइराला ,प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले यो पुल निर्माण नमूनायोग्य कामको सुरुवात भएको र स-साना कुरालाई ध्यान दिएर विकास निर्माणका योजना बनाउनुपर्ने बताए । सडक दुर्घटना न्युनिकरणकोलागी मुख्य चोकहरुमा आकासे पुल निर्माण गर्न सबैले हातेमालो गरेर अघि बदनुपर्ने बक्ताहरुको भनाई थियो । पोखरा महानगरपालिकाका प्रमुख जिसीले महानगरपालिकाको २ करोड र तत्कालीन पर्यटनमन्त्री रबीन्द्र अधिकारीले संसदिय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाखमा पुल निर्माण गर्न लागेको बताए ।
स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज निर्माण गर्न लागिएको इन्जीनियर बाबुराम भण्डारीले जानकारी दिए । यो डिजाइनको पुल नेपालमा पहिलो पटक बन्न लागेको इन्जीनियर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->