शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वर्षाको कारण पोखरा प्रीमियर लिग (पिपिएल) सर्‍यो

वर्षाको कारण पोखरा प्रीमियर लिग (पिपिएल) सर्‍यो


  • ढोरपाटन संबाददाता
  • मंसिर २८ २०७६, शनिबार

पोखरा, २८ मंसिर -पोखरामा हुने एक मात्र सर्वाधिक राशि पुरस्कार भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि- २० क्रीकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेल वर्षाको कारण सरेको छ ।

शनिवार देखि शुरु हुने भनिएपनी वर्षाको कारण खेल आइतवार बाट मात्रै हुने भएको हो । खेल भने सोही अनुरुप जाने र उद्घाटन खेल आइतवार हुने क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्धन निर्देशक छुम्बी लामाले जानकारी दिए   ।

सनिबार घरेलु टोलि तथा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाडौं गोल्डेन्स बिच उद्घाटन खेल हुने भनिए पनि  वर्षाको कारण खेल एक दिन पछि सरेको हो । यद्यपि अन्य खेल भने सोही अनुसारनै हुने लामाले बताए । प्रतियोगितामा एक दिन रिजर्भ डे राखिए पनि प्रतिकुल मौसमले गर्दा खेल लगातार हुने उनले बताए । ” राउन्ड रोविनमा हुने खेलको एक दिन रिजर्भ डे थियो अब लगातार नै खेल हुन्छ” लामाले भने ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पिपिएलको  दोस्रो संस्करणमा नेपालका ६ सहरका ६  फ्रेञ्चाइज टिमहरुको सहभागिता रहेको छ ।  जसमा डिफेन्डिङ च्याम्पियन घरेलु टोलि पोखरा पल्टन  विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज रहेका छन ।
प्रतियोगिता  विजेताले नगद २७ लाख रुपैयाँ प्राप्त गर्ने छन भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको  म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख रुपैयाँ  र लिगको ईमर्जिङ्ग खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा  म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार रुपैया प्रदान गरिने छ ।
प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु किलियर टिभि किलियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि दिइने छ ।
पहिलो संस्करणको प्रतियोगितामा २ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भए पनि दोस्रो संस्करणमा भने  प्रत्येक टिमले  तिन जना विदेशि खेलाडी अनुबन्ध गर्न पाउने प्रवन्ध निर्देशक ​​ लामाले जानकारी दिए  । नेपाली इतिहासमा निकै राम्रो पुरस्कार  भएको प्रतियोगिता रहेको लामाले बताए ।  नेपाली क्रीकेटको ईतिहासमै खेलाडीलाइ न्याय गर्ने किसिमको पुरस्कार विधा राखिएको उनले जानकारी दिए  । प्रतियोगिता गर्नुको कारण  खेलाडीको खेल स्तर र लक्ष्य विकास गर्ने रहेको उनले बताए ।  पोखरामा प्रतियोगिता गर्न चुनौतीपूर्ण रहेको बताउदै लामाले  मैदानमा  भौतिक पुर्वाधार सबै बनाउन  पर्ने  बाध्यता भएको धारणा राखे  ।
गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पिपिएल पोखराको गौरव रहेको बताए   । खेलकुदको  क्षेत्रमा प्रदेश सरकार महत्वपूर्णका साथ लागिपर्ने गुरुङले बताए ।
यस्तै शुक्रवार दोस्रो संस्करणको पिपिएलको ट्रफी समेत सार्वजानिक गरिएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले ट्रफी सार्वजनिक गरेका हुन  । सार्वजनिक समारोहमा  क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्धन निर्देशक छुम्बी लामा, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) सदस्य राजेश गुरुङ नेपाल क्रीकेट संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सात महिना लगाएर बनाइएको उक्त ट्रफीमा पोखरा झल्किने चित्र समेत कुदिएको छ ।
पोखरा फेवाताल,हिमाल , प्याराग्लाइडिङ लगायतको चित्र कुदिएको छ । उक्त ट्रफी विषेश किसिमको रहेको प्रबन्ध निर्देशक लामाले बताए । चादि जडित ट्रफी  गत वर्ष भन्दा फरक किसिमको रहेको र  पोखरा झल्किने किसिमको बनाइएको उनले बताए ।

Attachments area

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->