पोखरा, २९ मंसिर – डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रीमियर लिग अन्तर्गतको पहिलो खेलमा जित हात पारेको छ ।
पहिलो संस्करणको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन वारियर्सलाइ ९ विकेटले हराउदै लिगमा पहिलो जित हात पारेको हो ।
राउण्ड रोविनको आधारमा खेलाइएको खेलको उद्घाटन खेलमा टस जितेर मैदान रोजेको पोखराले पाएको एक सय १६ रनको लक्ष्य १४ ओभरमै भेट्टाएको हो । उक्त लक्ष्य पछ्याएको पोखराले १४।१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । पोखराको जितमा ओपनर ब्याटसम्यान कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै अर्धसतक समेत पूरा गरे । त्यस्तै उनि संगै मैदान प्रवेश गरेका असिफ सेख १४ रन बनाउदै आउट भए । १० बल खेलेका उनले एक चौका प्रहार गर्दै १४ रन बनाएका उनी एलविस्ब्लु हुन पुगे । भने तेस्रो ब्याटसम्यानको रुपमा मैदान प्रवेश गरेका रवि इन्द्र सिंहले जितको लागि ३८ रनको साझेदारी गरे । ३२ बल खेलेका सिंहले एक छक्का र पाँच चौका प्रहार गर्दै ३८ रनको योगदान दिएका थिए । पोखराले काठमाडौंलाई सजिलै समेटेको हो ।
काठमाडौंकालागि बलिङ्गमा आएका सुशान भारीले तीन ओभरमा एक मेडन राख्दै १८ रन खर्चेर एक विकेट लिएका थिए । सुशान बाहेक अन्य बलरले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
सुवोध भाटिले ३ ओभरमा २५ रन खर्चे पनि कुनै विकेट भने लिन सकेनन् । त्यस्तै अन्य ब्याटसम्यान अमृत भट्टराईले १ ओभरमा ९ रन, वसन्त रेग्मीले ३ ओभर एक बलमा २२ रन, नन्दन यादवले २ ओभरमा २३ रन र पवन सर्फले २ ओभरमा २२ रन खर्चीए । पोखराले काठमाडौंलाई सस्तैमा पन्छाएको हो ।
पोखरालाइ एक सय १६ रनको लक्ष्य दिएको काठमाडौं गोल्डेन वारियर्सकालागि सुवोध भाटीले सर्वाधिक ४५ रनको योगदान दिए । २९ बल खेलेका भाटीले ४ चौका र चार छक्का प्रहार गर्दै ४५ रनको योगदानको दिएका हुन । भाटी बाहेक अन्य ब्याटसम्यान भने त्यति चल्न सकेनन । ओपनर व्यटसम्यान जय किसन कोलसवाल ९ रनमा क्याच आउट हुन पुगे । ओपनर व्यटस म्यानका रुपमा मैदान प्रवेश गरेका कोलसवालले २ चौका मात्र प्रहार गरे ।
त्यस्तै दोस्रो ब्याटसम्यानको रुपमा मैदान प्रवेश गरेका सुवास खकुरेलले १२ बलमा १ चौका प्रहार गर्दै ६ रनमा क्याच आउट हुनपुगे ।
तेस्रो ब्याटसम्यानको रुपमा मैदान छिरेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै समेटिए । ६ बल खेलेका मल्ललाई रसिद खानले उत्कृष्ट आउट गरे ।
काठमाडौंको लागि २ छक्का प्रहार गरेका गौरव तोमर ललितनारायण राजवंशीको बलमा क्याच आउट हुन पुगे । सात बल खेलेका तोमरले दुई छक्का प्रहार गर्दै १३ रनमै समेटिए । अर्का ब्याटसम्यान पवन सर्फ छ रनमा समेटिए । १८ बल खेलेक सर्फले एक चौका प्रहार गरे भने उनी पनि क्याच आउट हुन पुगेका हुन ।
पृथु बास्कोटा ७ रनमै क्याच आउट हुन पुगे । १६ बल खेलेका उनले सात रन मात्र बनाउन सफल भए । १३ बलको सामना गरेका वसन्त रेग्मी ८ रन बनाउदै आउट भए भने १३ बलमा १० रन बनाएका सुशान भारी र एक बलमा एक रन बनाएका अमृत भट्टराई नट आउट रहे ।
पोखराको लागी रसिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले समान दुई दुई विकेट लिए । ४ ओभर लिएका रसिद खानले १७ रन खर्चेर दुई विकेट लिएका थिए । समान ओभर लिएका ललित राजवंशीले दुई विकेट, एक मेडन लिदै २१ रन खर्चेका थिए भने समान ओभर लिएका सर्वाजित लादाले एक विकेट लिदै ३४ रन खर्चिए । ३ ओभर लिएका कुसल मल्लले १२ रन खर्चिएर २ विकेट लिए भने पोखरा पल्टनको लागी प्रतामेस डाकेले चार ओभरमा १२ रन खर्चिदै एक विकेट लिदा कप्तान शरद भेष्वाकरले एक ओभरमा १८ रन खर्चिए भने कुनै विकेट लिन सकेन ।
खेलको प्लेयर अफ दि म्याच पोखरा पल्टनका केशल भुर्तेल घोषित भए ।
कार्याक्रमको उद्दघाटन गदै गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा प्रिमियर लिगले पोखरालाई चिनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । खेलकुद ब्यवसायीकरण नभए सम्म खेलकूदको बिकास सम्भव नहुने उनले बताए । मूख्य मन्त्री गुरुङले खेलकुदको बिकासका लागि विभिन्न खेलकुद पूर्वाधार आवश्यक रहेको कुरा औल्याउँदै पोखरालाई खेलकुदको केन्द्रको रुपमा समेत बिकास गर्नुपर्ने धारणा राखे । गण्डकी प्रदेश सांसद तथा अर्थ तथा बिकास समिती सभापती दिपक कोइरालाले पोखरा पर्यटकिय शहर मात्रै नभई खेलकुदको शहर पनि रहेको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा रंगशालाको क्रिकेट खेल मैदानलाई छिटै अन्तराष्ट्रिय क्रिकेट रंगशालामा परिणत गर्ने बताए । रंगशलाको लागि २ वटा डिपिआर तयार भैसकेको बताउदै अबको ३ वर्षमा पोखराको क्रिकेट रंगशाला निर्माण काम सकिने बताए ।





