आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

समाजको दुःख र सुख पनि वर्गीय : आहुती

समाजको दुःख र सुख पनि वर्गीय : आहुती


  • ढोरपाटन संबाददाता
  • मंसिर ३० २०७६, सोमबार

पोखरा,३० मंसिर – आहुतीले नेपाली समाजको दुःख र सुख पनि वर्गीय भएको जिकिर गरेका छन् ।
उनका अनुसार वर्गले नेपाली समाज निर्धारण गरेको छ । ‘धेरै मान्छेले वर्ग भन्नाले सम्पत्तिको मात्रै कुरा गर्दा रहेछन् । आफ्नो जीवन चलाउन पाउने वा आफ्नो भाषामा जीवन चलाउन नपाउने कुरा पनि वर्गीय रहेछ’, उनले पोखरामा जारी आइएमइ लिटरेचर फेष्टिभलअन्तर्गत नेपाली समाजको वर्गविन्यास विषयमा बोल्दै भने,‘यसरी हेर्दा मलाई कस्तो लाग्यो भने आजका मानिसको दुःख हेर्ने हो भने कहाँबाट सुरु भयो यो कथा, त्यहाँ नै पुग्नुपर्ने रहेछ ।’
उनले इतिहासको कुरा नगरौँ, अहिलेको कुरा गरौँ भन्ने मान्छे देखेको बताउँदै उनले थपे,‘ इतिहासको कुरा नगरौँ भन्ने मान्छेलाई भन्न मन लाग्छ,‘ २५ वर्ष भएँ भन्नेले किन २५ वर्षको कुरा नगर्ने ? हाम्रो दुःख र सुखको कुरा नगर्ने हो भने के कुरा गर्ने ?’
उनले जंगबहादुरको मुलूकी ऐनमा प्रत्येक मान्छेलाई जातको आधारमा सजायँ तोकिएको र त्यहीँबाट वर्गीय समाज निर्माण भएको जिकिर पनि गरे ‘जात व्यवस्था नै वर्ग व्यवस्थाको निर्णायक तत्व हो, नेपालमा । आँखाको नानी मात्रै जन्मेदेखि उस्तै हुन्छ, केही कुरा त बदलिन्छ । नेपालमा वर्ग निर्माणमा जातले भूमिका खेलेको छ’, उनले भने,‘ जमिन केको आधारमा बाँड्ने जातको आधारमा । नेपालमा दलितहरुले बिर्ता कहिल्यै पाएनन् । किनकि दिनै मिल्दैनथ्यो । नेपालका ६ वटा जनजाति बाहेकका मासिन्या मतवालीलाई जमिन दिन मिल्दैनथ्यो । ’

उनले यसै प्रसंगमा सुख के हो भन्ने व्याख्या गर्न एउटा कथा पनि भन्न भ्याए । कथा यस्तो थियो– व्यापारीकी श्रीमतीले उनी घरबाट निस्कँदा भन्छिन् कि, फर्कँदा हीराको हार ल्याइदिनू । दिनभर काम गर्दा उनले हीराको हार ल्याउन बिर्से । माइती जाने बेला हीराको हार थिएन । साँझ पसल बन्द थियो । उनले भने,‘ भोलि ल्याउँला ।’ उनकी श्रीमतीले सोचिन् कि, म संसारको कति दुःखी मान्छे, माइत जाँदा एउटा हीराको हार पनि लाउन पाइन ।’ श्रीमान पनि उदास भए । हीराको हार पनि ल्याउन सकिन । उनी उदास भएर बाहिर घुम्न निस्के । झुपडपट्टीमा रात १० बजेतिर एउटा बालक बदाम बेच्न बसेका थिए । ‘यो रातमा किन बेच्न बस्यो होला ?’ उनले भने,‘ म सबै बदाम किनिदिन्छु ।’ तर, बच्चाले मानेन । भोलि पनि बेच्नु पर्छ । बच्चा १ सय रुपैयाँ साँट्न झुपडपट्टीभर डुल्यो तर १ सय रुपैयाँ साँटिएन । सुखको कुरा पनि यही हो । कोही धेरे पाएर पनि खुसी नहुने, कोही केही नपाउँदा पनि खुसी हुने !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->