शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘प्याबसन स्पोर्टस मिट–२०७६’ : छात्र फुटबल संगै छात्रा भलिबल शुरु

‘प्याबसन स्पोर्टस मिट–२०७६’ : छात्र फुटबल संगै छात्रा भलिबल शुरु


  • Dhorpatan News
  • मंसिर ३० २०७६, सोमबार

पोखरा, ३० मंसिर – निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन ।
बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा सोमबार सिनियर तर्फ ९ वटा खेलहरु सम्पन्न भएको प्याबसन कास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन ।
सिनियर छात्र तर्फ बालोदयले डायमण्डले १–० ले पराजित गर्दा शिसु कल्याणले बाल प्रभातलाइृ ३–० गोल अन्तरले पाखा लगायो भने रेन्वोले मनिंङ स्टारलाई ५–१ के भारि गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसै गरि नोवेलले कन्चनजंघा बोर्डिङलाई २–० ले, शान्तीदिपले वेसलाइनलाई ३–० ले, जेसिएले कन्चनजंघा एकेडेमीलाई ३–० ले र स्नोभ्यूले ढुङ्गेसांघुलाई २–० गोल अन्तरले पराजित गरेका छन ।
छात्र सिनियर तर्फनै दुई वटा खेलहरु टाइ व्रेकरमा टुङ्गोमा पुगेका छन । नवदिप र गुड सेफर विचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिए पछि टाइ व्रेकरमा नवदिप ५–४ गोल अन्तरले बिजयी बन्यो भने शान्ती निकुञ्ज र बालविद्याको खेल समेत १–१ गोलको बराबरीमा सकिंदा टाइव्रेकरमा शान्तीनिकुञ्ज ६–५ गोलले बिजयी बन्यो ।
यता छात्र जुनियर तर्फ शान्ती दिप, पोखरा यूनाइटेड, ज्ञानुबाबा, कुमुदिनी ग्लोबल, नवदिप र नेपाल आदर्श, प्रगती आ–आफ्ना खेल जितेर क्वाटर फाइनलमा प्रवेश गरका छन ।
सोमबार सम्पन्न छात्र भलिबल तर्फको खेलमा टप्स, नेपाल आदर्श, हिल पोइन्ट, डायमण्ड बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन । सम्पन्न खेलमा नेपाल आदर्शले निलगिरीलाई २६–२४, २५–१६ ले, टप्सले इडियन्सलाई २५–५, २५–१२ ले, हिल पोइन्टल् सृजनालाई २५–१४, २५–१६ ले, डायमण्डले हिमाञ्चललाई २५–१५ र २५–२२ ले पराजित गरेका थिए ।
प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबल तर्फ १७ टिमको सहभागिता रहेको छ ।
प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले गर्ने कार्यक्रम रहेको प्यावसन कास्कीले जनाएको छ ।
पोखरामा पुस ५ गते सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।

कुल १ सय २ विद्यालय आबद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->