आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा १८ अभियुक्त फरार

बागलुङमा १८ अभियुक्त फरार


  • ढोरपाटन संबाददाता
  • पुष १ २०७६, मंगलबार

बागलुङ, १ पुष – पीडितले उजुरी दर्ता प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिन नसकेकाहरुको संख्या बागलुङमा बढ्दै गएको छ । ज्यानमार्ने उद्योग देखि जवरजस्ती करणी सम्मका घटनामा आरोपी १८ जना अभियुक्तहरु प्रहरीको सम्पर्कमा नरहेको तथ्यांक छ । दुई जना जबरजस्ती करणी अरोपिलाई लामो समय देखि प्रहरीले नियन्त्रणमा लिन सेकेको छैन् । उनिहरु फरार रहेकाले नियन्त्रणमा लिएर कानुनी कारवाही थाल्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङा प्रमुख, प्रहरी उपरिक्षक नवराज भट्ट बताउँछन् । कार्यालयको तथ्याङ्गक अनुसार चालु आर्थिक बर्षमा जबरजस्ती करणीका २, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरमा ७, आत्महत्या दुरुत्साहनमा ३, ज्यान मार्ने उद्योगका ६ सहित १८ जना अभियुक्त फरार रहेका हुन ।
फरार हुनेमा १७ जना पुरुष र १ जना महिला रहेको भट्टले जानकारी दिनुभयो । फरार अभियुक्तको मोवाई सिंग्नल तथा विभिन्न माध्यमको सहयोगले खोजी कार्य भैरहेको भट्टले जानकारी दिए । मंसिर १४ मा भएको उप निर्वाचनमा सुरक्षा सतर्कता बढी राख्नुपर्ने भएकाले केही समय उनिहरुको खोजीमा ढिलाई भएको भए पनि अव खोजी कार्य तिब्र बनेको भट्टको दावी छ । प्रहरीमा चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा ९३ वटा मुद्दा दर्ता भएका थिए । ति मध्ये ६३ फछ्यौट भएका छन् भने ३० वटा बाँकी रहेका छन् । प्रहरीका अनुसार साउनदेखि यता ५९ महिला तथा बालबालिका हराएको मध्ये २२ जना फेला परेका छन भने ३८ जना अझै बेपत्ता छन् । साउनमा १३, भाद्रमा १२, असोजमा १५, कात्र्तिकमा १४ र मंसिरमा ५ जना हराएका थिए ।
प्रहरी प्रमुख भट्टका अनुसार २८ महिला र ८ जना बालबालिका अझै फेला परेका छैनन् । महिला तथा बालबालिका हराएको खबर आए पनि भेटिए पछि खबर अपडेट नहुँदा हराएको संख्या बढी देखिएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->