आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिल्ला फुटबल संघ बागलुङद्धारा बागलुङ–११ लाई सम्मान

जिल्ला फुटबल संघ बागलुङद्धारा बागलुङ–११ लाई सम्मान


  • ढोरपाटन संबाददाता
  • पुष २ २०७६, बुधबार

बागलुङ, २ पुस – जिल्ला फुटबल संघ बागलुङ (एनफा) ले मंगलरबार बागलुङ–११ फुटवल टिम लाई सम्मान गरेको छ । रत्नलक्ष्मी माध्यामिक विद्यालय गल्कोट नगरपालिका– ११ रिघाको हिरक महोत्सवको अवसरमा आयोजित ९ ए साइड फुटवल प्रतियोगितामा विजेता टोलीलाई सम्मान गयिरएको हो । संघले जिल्लाको फुटवल विकासमा योगदान गरेको भन्दै उक्त समुहलाई सम्मान गरेको थियो । कार्यक्रममासंघले विजेता १३ जना खेलाडी र प्रशिक्षकलाई दोसल्ला र अविर लगाई सम्मान गरेको थियो । संघका जिल्ला अध्यक्ष रामराज गुरुङ सहितका पदाधिकारीले खेलाडि तथा प्रशिक्षकलाई सम्मान गरे । बागलुङ–११ ले फाइनलमा लाल दुर्गा मल्टि सप्लार्यसलाइ १–० गोलान्तरले पराजित गर्दै उपाधि हाँसिल गरेको थियो । बागलुङ–११ लाई जित दिलाउन रोशन लामिछानेले निर्णयक गोल गरेको थिए । मंसिर २५ गते देखि सञ्चालन भएको हिरक माहोत्सवमा भलिवल, फुटवल गरी विभिन्न प्रतियोगिताको आयोजना गरीएको थियो । फुटवल प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->