जिल्लाकै मध्ये भागमा रहेको गल्कोट नगरपालिकाले गर्ने हरेक कृयाकलापमा जिल्लाका अन्य ९ वटा स्थानीय तहको नजर पर्ने गरेको छ । यो नगरका नागरिकको आर्थिक स्तर, यहा“को उत्पादन र भौगोलिक बनावट तथा यहा“का पर्यकीय स्थलहरुका कारणले पनि जिल्लालाई नै चिनाउन गल्कोटको महत्वपूर्ण भूमीका रहेको छ । देश संघिय संरचनामा प्रबेश गरेस“गै गल्कोट क्षेत्रका साविकका केही गाउ“विकास समितिलाई समेटेर ११ वडा रहेको गल्कोट नगरपालिका बनेको छ । वडाका हिसाबले यो जिल्लामानै बागलुङ पछिको दोस्रो ठुलो नगरपालिका हो । राजनीतिक हिसावले राजा राजौटाको पालादेखि पछिल्लो शाससन व्यवस्था सम्ममा अधिपत्य जमाईरहेको गल्कोटको बिकासमा बिषयमा आज हामीले यहा“ चर्चा गर्ने प्रयास गरेका छौं । २०७४ साल बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेका उनले राष्ट्रिय जनमोर्चाका टंक बहादुर केसीलाई पराजित गर्दै नगरप्रमुख बनेका भरत शर्मा गैरेले नगरको बिकासका लागि गरेका काम, त्यसको प्रभाव र आगामी योजनाको बिषयमा सहकर्मी तारानाथ आचार्यले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सपादित अंश…
गल्कोटको बिकास लागि के–के गर्नुभएको छ ?
– धन्यवाद यहाँलाई । पहिलो कुरा त हामी निर्वाचित भएर आउने बेला यहाँ केहीपनि थिएन । हाम्रो नयाँ नगरपालिका हो । पूर्वाधार थिएन, कर्मचारी थिएनन् । म आउँदा दुई जना कर्मचभारीले मात्रै कार्यालय सम्हालेको अवस्था थियो । त्यसका बाबजुद पनि हामिले अत्यन्तै मेहनत गरेर गल्कोटको समृद्धिको लागि, यहाँको आर्थिक सामाजिक र सांकृतिक बिकासका लागि प्रयत्न गरेका छौं । जनताप्रति उत्तरदायी बन्नु पर्छ भनेर हामिले पूर्वाधारको क्षेत्रमा करिव–करिव स–साना समस्या समाधान गरेका छौं । धेरै काम जनचाहना अनुसार भएका छन् ।
सडक बाहेकका पूर्वाधार के बने त ?
– हो, सडक र सिंचाईं बाहेकका संरचना पनि हाम्रोमा बनेका छन् । जस्तो पर्यटनको बिकासका लागि सहश्रधारा झरनामा हामीले क्यानोनिङ खेल संचालनका लागि परीक्षण गरेका छौं । दुई पटक परीक्षण गर्दा सफल भएको छ । यो पनि एउटा महत्वपूर्ण उपलव्धी हो भन्ने लाग्छ । हामीले त्यहाँ पर्यनको विकासका लागि थप पूर्वाधार बिकास गर्न बजेटको व्यवस्थापन गर्दैछौं । अर्र्काे कुरा हामी निर्वाचित भएर आउने बेलामा घुम्टे जानको लागि टेउवासम्म मोरबाटो पुगेको थियो । त्यसको तीन किलोमिटर अघि बाटो थपेका छौं । थप चार किलोमिर अघि बढाउने योजनामा हामी छौं ।
पहिलो नगरसभामै घोषणा भएका गौरवका योजना के हुँदैछन् ? हराए कि छन् ?
– हो प्रत्येक वडामा हामीले एक÷एक योजना लिएका थियौं । जुन योजनाहरु नगरका गौरवका योजना भन्यौं । जस्तो नं. १ मा स्वास्थ्य चौकी भवन निर्माण गर्ने भनेका थियौं । स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा खरिद प्रकृयामा नै छौं । यो प्रकृया अत्यन्तै अव्यवहारिक र उपयोगी नभएकाले हाम्रो काम रोकीएको छ । हामीले अझै जग्गाको कुरा टुंगो लगाउने प्रयासमै छौं । वडा नं २ मा सभाहल बनेको छ । वडा नं ३ मा हटिया बजार देखिको मैदान जाने सडक स्तरोन्नती भएको छ । वडा नं. ४ मा परीक्षणको रुपमा कालोपत्रे गर्ने योजना बनाएका थियौं । जुन कालोपत्रे नमुनाकै रुपमा भएको छ । वडा नं. ५ मा बजार एरिया ढलान गरेका छौं । ६ नम्बरमा नगरदेखि माथीको सडक नीिल सहितको बनाएका छौं । वडा नं. ७ मा राम्चे ढुंगाको पर्यटन बिकासको योजना थियो । जहाँ यो अहिले पर्यटकीय स्थल बनेको छ । ९ नम्बरमा हामीले जग्गाकै कुरा थियो तर कानुनी अड्चननै हाम्रो बाधक बन्यो । जग्गा प्राप्ति ऐनका कारण हामी मर्कामा परेका छौं । वडा नं १० सिद्धथानदेखि भाटी बजार सम्मको सडक सहज बनाएका छौं । ११ नम्बर मल्मदेखि रिघा जाने सडक स्तरोन्नती गरेका छौं । हामीले गौरवका योजना छनौट र तीनको बिकासमा गरेको लगानी काम लागेको छ भन्ने छ । गल्कोटमा पुर्वाधारको बिकासका लागि यस्ता योजनाले थप सहयोग गरेका छन् ।
निर्वाचनका बेला गरेका प्रतिबद्धता त भुल्नुभयो होला है ?
– होईन यहाँका समस्या निर्वाचनका बेला पनि त्यहीँ थिए र अहिले पनि त्यही छन् । त्यसैले हामीले भुल्ने कुरानै भएन् । जनताका बिचमा गरेका प्रतिबद्धता पुरा गर्नकै लागि हामी लागि रहेका छौं । मैले मात्रै होईन प्रतिस्पर्धिले गरेका प्रतिबद्धता र सहयोद्धा सबैले गरेका प्रतिबद्धता करिव साझा छन् । हामीले त्यसकै लागि मेहनत गरिहेका छौं ।
राजनीतिक रुपमा त तपाई चिर परिचित हो तर जनप्रतिनिधि भएर काम गर्दा कस्तो फरक पाउनु भो ?
– पहिले गाविस हुँदा म वडा नं ३ को सर्वसम्मत वडाध्यक्ष भएर काम गरेको थिएँ । पहिलेको व्यवस्था र अहिलेको व्यवस्थामा फरक छ । त्यो बेला जनउत्तर दायित्व कम हुन्थ्यो । जनताको राजनीतिकमा पहुँच कम थियो । अहिले जनताको हरेक कर्मसँग हामि जोडीनु पर्छ । हरेक क्षण हरेक, समय जनताका दुखेसो, गुनासा सुन्नु पर्छ । जनताको समस्या समाधानमा स्थानीय सरकार प्रमुखको हैसियतले नलागेर सुखै छैन् । प्रत्यक्ष जनतासँग रहनु पर्छ । पहिले त्यस्तो थिएन् । अहिले स्थानीय सरकार छ, पहिले निकाय मात्रै थियो । सरकारमाथी थियो त्यसको निकायका रुपमा तल काम हुन्थ्यो ।
वडा अध्यक्षहरुले अधिकार दिनुभएन्, सबै आँफै गर्न खोज्नुभो भन्ने आरोप लाउँछन् नि ?
– गल्कोटमा त्यस्तो समस्या छैन् । वास्तवमा म के भन्छु भने वडा सरकारको रुपमा स्थानीय सरकार संचालन ऐनले काम कतवर््र्यर अधिकार तोकेको छ । त्यहीँ अधिकार प्रयोग गर्न वडा सरकारलाई कानुनी छुट छ र उहाँहरु त्यो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । यसमा समस्या छैन भन्ने लाग्छ ।
त्यही अधिकारमा पनि हस्ताक्षेप गर्नुहुन्छ भन्ने नि ?
– आर्थिक अधिकारको बारेमा स्थानीय सरकार सञ्चालन ऐनले कुनै व्यवस्था गरेको छैन् । वडामा जती काम कारवाही हुन्छन् ति सबै काम उहाँहरुले स्वतन्त्र हिसाबले गर्न सक्नुहुन्छ । बरु वडा ाअध्यक्षले नै गरेका निर्णय र कामहरुका गुनासा आउँछन् । यो प्रमुख भन्ने त उजुरी सुन्ने अड्डा जस्तो पो भएको छन् । जनताका हरेक दिन हुने कामका गुनासा हामीकहाँ आउँछन् । त्यस्तो बेलामा सहजीकरण गर्न भन्छौं । त्यसैलाई हस्तक्षेप भन्न मिलेन । अर्को कुरा कति कुराहरु वडाको अधिकार भन्दा बाहीरका कुरा महत्वकांक्षी रुपमा आएका हुन्छन् । उहाँहरुलाई हामी सम्झाएर पडाउँछौं ।
यहाँहरुलाई फुर्सद पनि छैन्, जनताको चित्त पनि बुझेको छैन् । कहाँनेर के मिलेन ?
– यस्को समस्या छ । जुन हाम्रा पुरानो संस्कृति छनी त्यसमा आमुल परिवर्तन आएको छ । तर हामी सबै सोही हिसाबले परिवर्तन हुन सकेका छैनौं । प्रकृया र पद्धतीहरु नयाँ हिसाकले चलेका छन् । हामी नयाँ सिस्मटसँग अनुकुलीत हुन मानसिक रुपमा परिवर्तन हुन सकिएन् । काम गर्ने प्रबृत्तिमा आत्मारती छ । जनताको आवश्यकता र जनताको बिचमा बसेर काम गर्नेहरुको मनस्थिती निकै साँघुरो छ ।
गल्कोटको चेतनास्तर बृद्धिका लागि कुनै कार्यक्रम बनाउनुभयो ?
– योजनाकै रुपमा हामी सामाजिक जनचेतनाका कार्यक्रम केन्द्र र प्रदेशका कार्यक्रमलाई निरन्तरता दिएका छौं । हामी सार्वजनिक सुनुवाईमार्फत जनताका गुनासा सुन्ने र उहाँहरुका बढी महत्वकांक्षी चाहना हुन भनेर सम्झाउने गरेका छौं । सत्य के हो भने चेतनाको स्तर बढ्नुनै विकासलाई सघाउ पुग्नु हो ।
लक्षित बर्गले बजेट पाएनौं भन्छन् नि कसरी व्यवस्थापन गर्नुभएको छ ?
– दलित, महिला, जनजाती र बालबालिकाको लागि हाम्रो नगरमा बजेट छ । उनीहरुलाई सचेतना कार्यक्रममा सहभागी बनाउने कार्यक्रम हामीले बनाएका छौं । स्रोत साधनको व्यवस्थापन गरेर कार्यक्रम बनाएका छौं । महिलासँग उप–प्रमुख कार्यक्रम हामी सँग छ । दलित समुदायलाई समग्र रुपमा बिकासको बाटोमा लैजाने प्रयासमा हामी छौं । हामीले सुत्केरी पोषण कार्यक्रम चलाएका छौं । जसको प्रभाव राम्रो छ । चार पटक स्वास्थ्य परिक्षण गर्ने महिलाले त्यो सुविधा पाएका छन् । हामीले चाहेको प्रत्येक पटक दिने हो । गत बर्ष त्यसो भएन् । यस पटक एकै पटक रकम होईन परीक्षणपछि दिने व्यवस्था मिलाउँछौं । हामीले स्वास्थ्य संस्थामा सुुत्केरी हुन प्रेरित गर्ने र कुपोषण बच्चामा हुन नदिने हाम्रो ध्येय थियो । त्यो मात्रै होईन हामीले बाहिर जानु पर्नेलाई यातायात खर्च हामीले दिने भनेका छौं र दिएका छौं ।
रोजगारी सिर्जनाका लागि केही काम भएका छन् ?
– हामीमा स्वदेशको रोजगारले केही हुन्छ भन्ने मानसिकता हटेको छ । हामीले स्वरोजगार बनाउन तालिम दिने प्रयास थाल्यौं तर युवाको आकर्षण छैन् । सबैको ध्यान बिदेशमा छ । यहाँ केही गर्छौं भन्ने मानसिकता नहुँदा समस्या भयो । सकृय जनशक्ति रोजगारीका लागि आतुर छैन् । यदि उनीहरु आए भने अनुदान, तालिम हामि दिन सक्छौं । महत्वकांक्षा राखेर सिधै रोजगारीमा लैजान्छु त भन्न सकिँदैन तर वातावरण हामीले बनाउँछौं ।
अन्त्यमा केही भन्नु छ ?
– म यहाँको पत्रिकामार्फत सबैमा के आग्रह गर्न चाहन्छु भने जनताप्रति उत्तरदायी बनेर समृद्धि र बिकासका लागि लागौं । आत्मारतिमा रमाएर अरुको आलोचना गरेर देश बन्दैन । तेरो मेरो भनेर होईन हामी सबैको भनेर जनसेवामा लाग्नु राजनीतिकर्मीको दायित्व हो, सोही अनुसार अघि बढ्न म आग्रह गर्दछु । धन्यवाद





