शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो जितसंगै चितवन शिर्ष स्थानमा कायमै , बुटवल १ सय १९ रनले पराजित

दोस्रो जितसंगै चितवन शिर्ष स्थानमा कायमै , बुटवल १ सय १९ रनले पराजित


  • विजय नेपाली
  • पुष ४ २०७६, शुक्रबार

पोखरा,४ मंसिर – पोखरामा जारी दास्रो संस्करणको पोखरा प्रिमिएर लिग (पिपिएल) मा चितवन राइनोजले दास्रो जित संगै शिर्ष स्थान कायमै राखेको छ । बिहिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा बुटवललाई १ सय १९ को ठूलो रनले हराउदै चितवनले दास्रो जित निकालेको हो ।
टस हारेर ब्याटिङ सुरु गरेको चितवनले निर्धा्रित २० ओभरको खेलमा २ सय ३ रन जोडेको थियो । २ सय ४ रनको लक्ष्य पछ्याएको बुटवल २० ओभरमा सबै विकेट गुमाएर ८४ रनमा समेटियो ।
२ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवलका लागि शिभम सिंहले सर्वा्धिक ३३ रन जोडे । उनले ३३ बल खेल्दा ३ छक्का र १ चौका प्रहार गरे । भीम सार्कीले २१ बल खेल्दा २१ रन बनाए । उनले २ चौका र एक छक्का प्रहार गरे । यस्तै हरि बहादुर चौहानले २० बल खेलेर १२ रन जोडे । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
बुटवललाई सस्तैमा समेट्न करण केसीले सर्वा्धिक ४ विकेट लिए । ३.४ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । यस्तै ३ ओभर बलिङ गरेका रोहन मुस्ताफाले ५ रन खर्चिएर २ विकेट लिए । यसबाहेक समान ३(३ ओभर बलिङ गरेका सन्नी पटेल, भुवन कार्की, विक्रम शोभ र विक्रम भुसालले एक(एक विकेट लिए ।
चितवनको लागि ओपनरद्धय रोहन मुस्ताफा र पारस खड्काले अर्धशतक बनाए । ५६ बल खेलेका रोहनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन जोडे । यस्तै पारसले ४० बल खेल्दै ६३ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
आरिफ शेखले १९ बल खेल्दै ४० रन जोडे । उनले ३ छक्का र ३ चौका हाने । अन्य खेलाडीको ब्याट भने चलेन । चितवनका लागि २ बलको सामना गरेका सन्नी पटेलले अविजित ४ रन बनाए भने ५ बल खेलेका बाबर हायतले एक रन मात्र बनाए । बुटवलका लागि अफ्ताबुद्धिन अहमदले २ विकेट लिए । यस्तै अविनाश बोहोराले एक विकेट लिए ।
प्रतियोगितामा यो बुटवलको पहिलो हार हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा रहको चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा हराएको थियो ।
यो जितसँगै चितवनको दुई खेलबाट ४ अंक जोडेको छ । चितवन अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित भएको बुटवलको दुई खेलबाट २ अंक रहेको छ । बुटवल नेट रन रेटको आधारमा अंक तालिकाको पुछारमा छ ।
राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा दुई खेल खेलेको चितवन राइनोज नेट रन रेटको आधारमा शिर्ष स्थानमा रहेको छ । चितवनको नेट रन रेट ४.१५३ रहेको छ । तीन खेल खेलेको काठमाडौ गोल्डेन वारियर्सको दुई खेलमा हार र एक खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । काठमाडौको रन रेट १.११३ रहेको छ । यस्तै दुई खेल खेलेको विराटनगर टाइटन्स एक खेलमा हार र एक खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहादा तीन खेल खेलेको पोखरा पल्टन भने दुई खेलमा हार र एक खेलमा जित निकाल्दै चौथौ स्थानमा रहेको छ विराटनगरको रन रेट एक रहेको छ भने पोखराको ०.६९३ रहेको छ । एक्पर्ट धनगढी भने पाचौ स्थानमा रहेको छ ।
अन्तिमसम्म लय कायम राख्छौँ ः कप्तान खड्का
जितपछि प्रतिक्रिया दिँदै चितवनका कप्तान पारस खड्काले अघिल्लो खेलको गतिलाई अँगालेर खेल जित्न सफल भएको बताए । उनले अन्तिम खेलसम्मै यो गति कायम राख्ने स्पष्ट पारे । उनले भने, ‘हामीले अहिलेसम्म खेलेको दुवै खेल जित्यौँ, यो लय अन्तिमसम्म नै कायम राख्नका लागि प्रयासरत रहने छौँ ।’
पावरप्लेमा रन बन्न नसक्दा पराजित ः कप्तान सोमपाल
हारपछि बुटवलका कप्तान सोमपाल कामीले पोखराको पीचमा २ सयको लक्ष्य मुस्किल नभएको तर आफ्नो शीर्ष क्रम चुक्दा खेलमा लक्ष्य भेट्टाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘हामी लक्ष्य भेट्टाउनका लागि मैदानमा उत्रिएका थियौँ तर पावरप्लेमा रन बन्न नसक्दा पराजित भयौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->