बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वार्षिक पुण्य तिथिमा मानव सेवा आश्रमलाई सहयोग

वार्षिक पुण्य तिथिमा मानव सेवा आश्रमलाई सहयोग


  • Dhorpatan News
  • पुष ५ २०७६, शनिबार

बागलुङ ,५ पुस – मानव सेवा आश्रम बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरूलाई स्वर्गीय मोतीलाल उपाध्यायको परिवारले  सहयोग गरेका छन । स्वर्गीय उपाध्यायको २६ औ वार्षिक पुण्य तिथिको अवसर तथा उनकी जेठी धर्मपन्त्नी दिलकुमारी उपाध्यायको सम्झनामा धर्मपन्त्नी मुमकुमारी उपाध्याय र छोरा सुर्य गौतमले शनिवार दैनिक उपभोग्य बस्तु र नगद आश्रमका सुमित्रा लामालाई हस्तान्तरण गरेका हुन । सप्ताह र पुराण लगाउन भन्दा मानव हितमा कार्यरत यस्ता सस्थालाई सहयोग गर्नु ठुलो धर्म हुने हुदा सहयोग गरेको मुमकुमारी उपाध्यायले बताइन ।आगामी दिनहरुमा पनि यसप्रकारका सस्था तथा सामाजिक कार्यमा सहयोग गर्ने उनले बताइन । बागलुङलाई सडक मानवमुक्त बनाउने अभियानमा लागिपरेको आश्रम विभिन्न सहयोग, चन्दा र दानबाट सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->