शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान

आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान


  • Dhorpatan News
  • पुष ६ २०७६, आइतबार

पोखरा,६ पुस – गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले साग गेममा सयमै खेल सामाग्री उपलब्ध नहुदाँ सोचे अनुसारको नतिजा प्राप्त गर्न नसकेको बताएका छन् । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा बोल्दै उनले समयमै आवश्यक सामाग्री उपलब्ध नभएको बताए ।

उनले खेल्न भन्दा एकदिन अगाडी मात्रै सामाग्री आउदाँ समस्या भएको बताए । केही हप्ता अगाडी आएको भए खेलाडीले राम्रो नतिजा निकाल्थे समयमै सामाग्री नआउदाँ सोचे जस्तो भएन् उनले भने, अगामी दिनमा कमीकमजोरीलाई सच्याउदै अगाडी बढदा सफलता प्राप्न हुने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले आर्चरीले सोचे जस्तो पदक जित्न नसकेको बताए । अन्य खेलमा भन्दा आर्चरीबाट स्वर्ण पदकको अपेक्षा गरिएपनि त्यस्तो नभएको बताए ।

कार्यक्रममा कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले समयमै खेल सामाग्री नआएका कारण खेलाडीले सोचे अनुरुप सफलता प्राप्त नगरेको बताए । अन्नपूर्ण आर्चरी क्लब र कास्की जिल्ला आर्चरी संघको आयोजनामा कम्पाउण्ड मिक्स टिम इभेण्टमा कास्य पदक जित्ने योगेन्द्र शेचरन, मोनिका रानामगर र रश्मी दर्लामी मगरलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्ट, राखेप सदस्य राजेश गुरुङ, आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकाली लगायतले खादा लगाएर सम्मान गरे । दक्षिण एशियाली खेलकुदमा नेपालले आर्चरीबाट एक कास्य पदक र एक रजत पदक जितेको थियो । कार्यक्रम अन्नपूणं आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->