पोखरा,६ पुस – दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ। चितवनले विराटनगरलाई २८ रनले पराजित गर्दै चौथो जित निकालेको हो ।
चौथो खेलमा समेत जित निकाल्दै चितवन ८ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ । जित संगै चितवनले एक खेल अगावै फाइनलको यात्रा सम्भवत तय गरिसकेको छ ।
राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा लिग तालिकाको शिर्ष स्थानमा रहदै फाइनलको यात्रा लगभग पक्का नै गरेको हो ।
पोखरा क्रिकेट मैदानमा भएको खेलमा १ सय ४७ रनको लक्ष्य पच्छाएको बिराटनगरले केवल १ सय २८ रन मात्र बनाउन सक्यो।
विराटनगरको सुरुवात राम्रो हुन सकेन। ओपनर सुनिल धमला ५ रनमा आउट हुन पुगे। उनलाई करन केसीले अनिल कुमार शाहको हातबाट क्याच गराए। यस्तै अर्का ओपनर मुहम्मद जैद आलम व्यक्तिगत १ रनमा पभेलियन फर्किए। उनी सन्नी पटेलको सिकार बन्न पुगे।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ६२ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गर्दै रन बनाएका थिए । उनलाई करण केसीले अनिल शाहको हातबाट क्याच गराए ।
पुनित मेहेराले २४ रन बनाउँदै रोहन मुस्तफाको बलमा बोल्ड भएका थिए । यस्तै जीतेन्द्र मुखियासमेत मुस्तफाको बलमा बोल्ड नै हुन पुगे ।
कप्तान प्रदिप सिंह ऐरी १९ बलमा ९ रन बनाएर भुवन कार्कीको बलमा आउट भए। राजु रिजाल भुवन कार्कीकै सिकार बन्न पुगे। २ बलमा १ रन बनाएका रिजाल एल्बिडब्लु आउट भए। क्रिजमा टिकेर खेलेका नोमान खान समेत कार्कीकै सिकार बन्न पुगे। १६ बलमा १८ रन बनाएका खान एल्बिडब्लु आउट भए।
किशोर महतोेले १ रन बनाउन सकेनन् । राजेश पुलामी मगर ० रनमै रनआउट हुन पुगे ।
चितवनका लागि भुवन कार्की र करण केसीले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्तफा २ विकेट लिए । शन्नी पटेलले एक विकेट हात पारे ।
यसघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिंगमा उत्रेको चितवनले ४ विकेटको क्षतीमा १४६ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले सर्वा्धिक ३९ रन बनाए। २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान तथा ओपनर पारस खड्काले ३५ रन बनाए। ३८ बल खेलेका उनले ५ चौकाका साथ ३५ रन बनाएका हुन्। उनलाई मुहम्मद जैद आलमले नोमान खानको हातबाट क्याच आउट गराएका थिए। यसअघि अर्का ओपनर रोहन मुस्तफाले ७ रन मात्र गराउन सके। १० बल खेलेका उनी जितेन्द्र मुखियाको बलमा राजु रिजालको हातबाट क्याच आउट हुन पुगे।
चितवनका लागि सन्नी पटेलले ८ बलमा २७ रन बनाउन सके। बबार हयातले २५ रन बनाए। उनलाई किशोर महतोले राजु रिजालको हातबाट क्याच गराए। यस्तै अनिल कुमार शाहले १४ बल खेल्दै ३ रन मात्र बनाउन सके। उनलाई पुनित मेहेराले आउट गराएका थिए।
विराटनगरका लागि जितेन्द्र मुखिया, मुहम्मद जैद आलम, पुनित मेहेरा, किशोर महतोले समान १- १ विकेट हात पारे।
आइतबार नै भएको दोस्रो खेलमा एक्सपर्ट धनगढीलाइ बुटवल ब्लास्टर्सले ७ विकेटले हराएको छ ।
१ सय ४० रनको लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउदै उक्त लक्ष्य पार गरेको हो । टस जितेर पहिले फिल्ड रोजेको बुटवलले निर्धारित २० ओभरको अन्तिम बल अगावै अल आउट बनाएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एकपर्ट धनगढीले १ सय ४० रनको लक्ष्य दिएको थियो । धनगढीका ओपनर द्वय सुवेन्धु पाण्डे र रोड्रीगो थोमसले राम्रो शुरूवात गर्न सकेनन । पाण्डे १ रनमै आउट भए भने थोमस ५ रनमा आउट भए । तेस्रो ब्याटस म्यानका रुपमा मैदान प्रवेश गरेका धनगढीका कप्तान दिपेन्द्रसिंह ऎरिले ६१ रनको अर्धसतकिय पारी खेल्दै टोलिलाइ निकै राहत दिलाए । कप्तान ऎरिले ४५ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ६१ रन बनाउदै आउट भए । सन्दिप रजाली शून्य रनमै पेभेलियन फर्किए भने सन्दिप जोरा ३९ रन बनाउदै रन आउट भए । उनले ३२ बलमा ४ चौका र १ छक्का हिर्काए । दिपक पुनिया ४ रनमै आउट भए । सौरव खनाल १० रनमा आउट हुदा अमित यादव ७ रनमा रन आउट भए । कमलसिंह ऎरि १ रनमै आउट भए । सागर ढकाल १ रन बनाउदै नट आउट भए भने अनिल खरेल शून्य रनमा नै बोल्ड हुँदै आउट भए ।
बुटवलका लागि बलर अभिनाष बोहोराले ३.५ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललित भण्डारीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने कप्तान सोमपाल कामिले ४ ओभरमा २७ रन खर्चेर एक विकेट लिए । नितेश थापा र हर्ष टोंकले भने कुनै विकेट लिन सकेनन् ।
१ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल ब्लास्टर्सको लागि ओपनर ब्याटस म्यानको रुपमा पुगेका अफ्ताबुद्दिन अहमेदले ५२ रनको अर्धशतकिय पारि खेले । उनले २३ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ५२ बनाइ आउट भए । तेस्रो ब्याटस मुआनको रुपमा पुगेका हर्ष टोंक ४० रन बनाउदै आउट भए उनले २१ बलमा ३ चौका र ४ छक्का हिर्काए ।
दोस्रो ओपनरका रुपमा रहेका शंकर रानाले २५ रन बनाए । शिभम सिंहले १५ र भिम सार्कीले ७ रन बनाउदै नट आउट रहे ।
धनगढीको लागी अनिल खरेलले २ र दिपक पुनियाले एक विकेट लिए । खेलको प्लेयर अफ दि म्याच बुटवलका अभिनाश बोहोरा घोषित भए ।





